Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएनए महासचिब पदमा वुद्धि सागर सुवेदीले दिए उम्मेदवारी

एनआरएनए महासचिब पदमा वुद्धि सागर सुवेदीले दिए उम्मेदवारी

नेप्लिज डायस्पोरा

२९, आश्विन २०८०
images
एनआरएनए महासचिब पदमा वुद्धि सागर सुवेदीले दिए उम्मेदवारी

काठमाडौं । असोज ३० देखि कार्तिक ३ गतेसम्म काठमाडौमा हुन गइरहेको एनआरएनएको ११औं महाधिवेशनमा बुद्धि सागर सुवेदीले महासचिब पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठसँगै सोमबार विहान सोल्टी होटलमा रहेको निर्वाचन समितिको कार्यालयमा पुगेर उनले महासचिबमा उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै सुवेदीले भने, ‘हामी सबैको संस्था हो भन्ने भावनामा जोड्न चाहन्छौं र यो संस्थालाई एकताको भावनाका साथ अघि बढ्न चाहन्छौं र हामीले सबैको भावना बुझेर भोलीको दिनमा काम गर्नेछौं ।’

एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निवर्तमान अध्यक्षसमेत रहेका सुवेदीले आफूले गरेको कामहरुको पृष्टभूमि र भावी एनआरएनएका लागि उठाइएका मुद्दाहरुलाई हेरेर डेलिगेट्सहरुले न्याय गर्नुहुने विश्वास पनि व्यक्त गरे । सुवेदीले भने,‘महेश कुमार श्रेष्ठ सबैलाई मिलाएर लैजान सक्ने, मृदुभाषी र हिजोको दिनमा उहाँले गरेका कामको इतिहाँसलाई हेर्दा पनि अबको अध्यक्ष  श्रेष्ठ नै हुनुहुनेछ र उहाँको नेतृत्वमा हामी सबै बिजयी हुनेछौं भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।’

अमेरिकाको अध्यक्ष हुँदा उनले आफ्नो कार्यकालमा संस्थाकै भवन बनाएका उनी एनआरएनए एनसीसीहरुलाई स्वायत्त बनाइनुपर्ने र आइसीसीको बोर्ड बैठकमा आमन्त्रित सदस्यका रुपमा अवसर दिलाइनुपर्ने पक्षमा छन् ।

 एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टोबर १७ काठमाडौंको सोल्टी होटलमा सुरु हुँदैछ । अक्टोबर २० तारिखसम्म चल्ने महाधिवेशनले आगामी दुई बर्षे (२०२३(२०२५) कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

विश्वभरका ४२ सय एनआरएनए प्रतिनिधिहरुले अनलाईन तथा महाधिवेशन स्थलमा भौतिक रुपमा मतदान गरि नयाँ नेतृत्व चयन गर्नेछन् । सुवेदीसहित महासचिब पदमा हालका महासचिब गौरीराज जोशीले पनि महासचिबमै उम्मेदवारी दर्ता गराएका छन् ।

images
प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - २०:५३:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend