Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

एनआरएनएको अध्यक्ष पदमा डा बद्री केसी विजयी

एनआरएनएको अध्यक्ष पदमा डा बद्री केसी विजयी

नेप्लिज डायस्पोरा

३, कार्तिक २०८०
images
एनआरएनएको अध्यक्ष पदमा डा बद्री केसी विजयी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन् । अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 

काठमाडौंको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गरेकी थिइन् । 

अध्यक्ष निर्वाचित भएसँगै केसीका समर्थकहरुले होटल सोल्टी परिसरमा खुसीयाली मनाएका छन् ।निर्वाचनमा तीन जनै उम्मेदवार प्यानलसहित खडा भएका थिए ।

महासचिवमा गौरीराज जोशी विजयी भए । उनले अमेरिकाबाट नै निर्वाचनमा उठेका बुद्धि सागर सुबेदीलाई पराजित गरे ।

नेपाली कांग्रेस पार्टीका तर्फबाट आधिकारिक उम्मेद्वारहरु बनाएका अध्यक्ष, महासचिवसहित कतिपय पदाधिकारीमा हार व्यहोरेपछि हार स्वीकार गर्न आनाकानी गरेका हुन् ।

अमेरिकाबाट उपाध्यक्ष पदमा उठेर पराजित भएका डा।केशब पौडेलसहितले निर्वाचन परिणाम अस्वीकार गर्दै माफियाको प्रभाव परेको आरोप लगाएका छन् । त्यसैगरी सो समूहबाट जितेकाहरुमध्ये केहीले पनि जितलाई अस्वीकार गरेको बताएका छन् ।

हार र जितलाई सहज स्वीकार्न नसक्ने अवस्थाले फेरि एनआरएनएमा रडाको शुरु हुने भएको छ । अस्वीकार गर्ने समूहले निर्वाचन प्रक्रियाबारे व्यापक छानविन हुनुपर्ने माग गरेको छ ।

 

images
प्रकाशित मिति :कार्तिक ३, २०८० शुक्रवार - ०१:२८:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend