Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

भूकम्प पीडितलाई १५ लाख येन आर्थिक सहयोग गर्ने एनआरएनए जापानको घोषणा

भूकम्प पीडितलाई १५ लाख येन आर्थिक सहयोग गर्ने एनआरएनए जापानको घोषणा

नेप्लिज डायस्पोरा

१८, कार्तिक २०८०
images
भूकम्प पीडितलाई १५ लाख येन आर्थिक सहयोग गर्ने एनआरएनए जापानको घोषणा

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने भएको छ। पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए। 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानद्वारा तत्काल भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत स्वरुप जापानी येन १० लाख र एनआरएनए जापान क्षेत्रीय समितिद्वारा जापानी येन ५ लाख गरी कुल १५ लाख जापानी येन रकम सहयोग गर्न लागेको हौँ’ अध्यक्ष  निउरे भने । तत्कालका लागि उक्त रकम नेपाल सरकार, स्थानीय सरकारसँगको समन्वय र सहयोगमा वास्तविक पीडित परिवारका लागि एनआरएनए जापानका प्रतिनिधिमार्फत उपलब्ध गराइने छ। 

images
प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - १८:४९:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend