Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

भुकम्प पिडितको सहयोगकालागि घले र कुँवरको सहयोग

भुकम्प पिडितको सहयोगकालागि घले र कुँवरको सहयोग

नेप्लिज डायस्पोरा

२०, कार्तिक २०८०
images
भुकम्प पिडितको सहयोगकालागि घले र कुँवरको सहयोग

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पपछि प्रभावित भएकाहरुलाई सहयोग गर्न अस्ट्रेलिया निवासी अर्वपति व्यापारी शेष घले र एनआरएनएका अध्यक्ष बिनोद कुँवरले पहल गरेका छन् । 

जसअनुसार एनआरएनएका पूर्वअध्यक्ष समेत रहेका घलेले आफ्नो संस्था एमआईटी फाउन्डेशनमार्फत ५० लाख रुपैयाँ प्रदान गरेका छन् । यस्तै एनआरएनएका अध्यक्ष बिनोद कुँवरले १० लाख १ हजार १०० रुपैयाँ प्रदान गरेका छन् । 

कुँवरको अध्यक्षता र घलेको प्रमुख आतिथ्यतामा आइतबार भर्चुअल रुपमा बसेको आकस्मिक बैठकले भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो । जसअनुसार घलेको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्रमा तत्कालिन र दीर्घकालिन परियोजना गर्ने निर्णय पनि भएको अध्यक्ष कुँवरले जानकारी दिए । 

यो आपतकालिन अवस्थामा सहयोग गर्न गैरआवासीय नेपाली संघले च्यारिटी गर्न स्थापना गरेको “ग्लोबल एनआरएन फाउण्डेशन” को खातामा सहयोग रकम जम्मा गर्न सकिने उनको भनाइ छ। 

 

images
प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - ०८:१३:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend