Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

स्टेजबाट गायक सुगमले माईक फाल्नुको कारण

स्टेजबाट गायक सुगमले माईक फाल्नुको कारण

नेप्लिज डायस्पोरा

२०, कार्तिक २०८०
images
स्टेजबाट गायक सुगमले माईक फाल्नुको कारण

अष्ट्रेलियाको एडिलेडको कन्सर्टमा भएको घटना ‘एक्सनको रियाक्सन’ भएको गायक सुगम पोखरेलले बताएका छन् ।

गएको शनिबारको कन्सर्टमा सुगमले ‘जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा एक मिनेट मौनधारण गरौँ’ भनेका थिए । तर, दर्शकले हल्ला गरिरहेपछि उनले स्टेजबाटै माइकले प्रहार गरेका थिए । 

उक्त घटनालाई लिएर सुगमको आलोचना गरियो । त्यसपछि भिडियोमार्फत उनले नेपालीलाई दुख्दा आफूलाई पनि दुख्ने बताएका छन् ।

‘नेपाली समाज यति संवेदनाहीन भइसकेको हो ?’ भन्दै उनले नेपालीलाई दुख्दा आफूलाई पनि दुख्ने गरेको उल्लेख गरेका छन् । आफ्नो कारणले कोहीकसैको चित्त दुखेको भए क्षमा चाहेको उनले बताएका छन् ।

आफूलाई नेपाली स्रोताले गायक बनाएको भन्दै सुगमले नेपालीलाई अप्ठ्यारो पर्दा चुप लागेर बस्न नसक्ने पनि बताएका छन् । 

मादकपदार्थ सेवन गरेर सुगम गीत गाउन स्टेजमा चढेको सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - १४:०४:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend