Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनएको सहयोगमा भूकम्प पीडितका लागि रेडियोबाट मनोपरामर्श कार्यक्रम सुरु

एनआरएनएको सहयोगमा भूकम्प पीडितका लागि रेडियोबाट मनोपरामर्श कार्यक्रम सुरु

नेप्लिज डायस्पोरा

१०, मंसिर २०८०
images
एनआरएनएको सहयोगमा  भूकम्प पीडितका लागि रेडियोबाट मनोपरामर्श कार्यक्रम सुरु

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा  भूकम्प प्रभावित क्षेत्रका स्रोतालाई लक्षित गरेर रेडियो कार्यक्रम शुरु गरिएको  छ ।

जाजरकोटमा गत महिना गएको भूकम्पका कारण प्रभावित जनसमुदायलाई मनोपरामर्श सेवा आवश्यक रहेको निष्कर्ष निकाल्दै एनआरएनएले स्थानीय ‘रेडियो हाम्रो पाइला’ एफएमसँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । भूकम्प पछि राहत वितरणका लागि एनआरएनएको टोली जाजरकोट र रुकुम पश्चिम पुगेका बेला त्यहाँका स्थानीय जनसमुदाय एकदमै तनावमा रहेको पाएपछि विपद्को समयमा सबैभन्दा भरपर्दो माध्यम रेडियो भएकाले मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको  संघका  अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले बताए ।

अहिलेसम्म संस्कृतिविद् डा चिन्तामणिनाथ योगी, मनोविद् गोपाल बोहरा, ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत लगायत ६ जना विज्ञसंगको अन्तरवार्ता प्रसार भै सकेको र चर्चित कलाकार मनोज गजुरेसंगको कुराकानी छिट्टै प्रसार गरिने नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष एवं रेडियो हाम्रो पाइलाका प्रबन्ध निर्देशक बालकुमार शर्माले बताए।  आफ्ना प्रियजन गुमाएका भूकम्प पीडित लगायत समुदायका सबै सदस्यहरु लाभान्वित हुने गरी आफुहरुले कार्यक्रम निर्माण गरिरहेको र श्रोताहरुबाट निकै सकारात्मक प्रतिक्रिया प्राप्त भै रहेको पनि उनले बताए ।  अहिलेलाई  साँझ सवा ६ बजेदेखि १ घण्टा प्रसारण भै रहेको कार्यक्रम बिहान पनि प्रसारण गर्न माग आएको अध्यक्ष शर्माले जानकारी दिए । उनले कार्यक्रम उत्पादन गर्न उत्प्रेरणा र सहयोग प्रदान गरेकोमा एनआरएनएलाई धन्यवाद पनि दिए। 

यसै गरी काठमाडौँस्थित मनोपरामर्श दिने संस्था, ह्याप्पी माइन्ड्स, ले रेडियो हाम्रो पाइला एफएमलाइ कार्यक्रम उत्पादनमा सहयोग गर्ने ह्याप्पी माइन्ड्सकी प्रमुख कार्यकारी श्रीया गिरीले बताइन्।  “हामीले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प प्रभावितहरु, स्वास्थ्यकर्मी तथा उद्धारकर्ताहरुका लागि  निशुल्क २४ घन्टे मनोपरामर्श सेवा सुरु गरेका छौं।  ९८०१०२९५०० मा फोन गरेर निशुल्क रुपमा परामर्श लिन सकिन्छ। रेडियो हाम्रो पाइला एफएमसंग सहकार्य गर्न पाउँदा हामीलाई निकै खुसी लागेको छ," उनले भनिन्। 

गत महिना  जाजरकोट र रुकुम पश्चिम पुगेर एनआरएनए टोलीले भूकम्प पीडितहरुलाई अत्यावश्यक  राहत पनि वितरण गरेको थियो।

images
प्रकाशित मिति :मंसिर १०, २०८० आइतवार - १९:४७:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend