Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मेनुका पौडेलको पाउ छोएर रणवीरले आशीर्वाद मागे

मेनुका पौडेलको पाउ छोएर रणवीरले आशीर्वाद मागे

नेप्लिज डायस्पोरा

१२, मंसिर २०८०
images
मेनुका पौडेलको पाउ छोएर  रणवीरले आशीर्वाद मागे

काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेलको प्रशंसा गरेका छन् । इन्डियन आइडलको मञ्चमा फिल्म ‘एनिमल’ प्रचारका लागि पुगेका कपुरले उनको गायकीबाट प्रभावित हुँदै प्रशंसा गरेका हुन् ।

 

कार्यक्रममा प्रस्तुतिको क्रममा मेनुकाले रणवीरकै अघिल्लो फिल्म ‘अगर तुम साथ हो’ गाएकी थिइन् । उक्त गीत सुनेपछि मन्त्रमुग्ध हुँदै रणवीरले प्रशंसा गर्दै उनको पाउ छुँदै आशीर्वाद समेत मागे ।

‘मेनुका जी मेरो नाम रणवीर हो । म तपाईसँग आशीर्वाद लिन चाहन्छु’ उनले भने, ‘श्रेयाजीलाई देवी भन्छौँ । देवी नम्बर २ हाम्रो साथमा साक्षात् रूपमा उपस्थित हुनुहुन्छ ।’

 

कार्यक्रममा रणवीरसँग अभिनेत्री रश्मिका मन्दाना पनि सहभागी थिइन् । कार्यक्रममा रणवीरसँगै स्टेजमै चढेर रश्मिकाले पनि सम्मान दर्साएकी थिइन् । उक्त अवसरमा  रणवीरले मेनुकाको लागि भोट पनि मागेका थिए ।

मेनुकाले इन्डियन आइडलका कारण पछिल्लो समय चर्चामा छिन् । यस अगाडि निर्देशक महेश भट्टले पनि उनको प्रशंसा गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - ०२:४३:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend