Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

क्रिसमसको शुभकामना ! -खगेन्द्र अधिकारी

क्रिसमसको शुभकामना ! -खगेन्द्र अधिकारी

नेप्लिज डायस्पोरा

१०, पौष २०८०
images
क्रिसमसको  शुभकामना !  -खगेन्द्र अधिकारी

कुनै पनि चाडपर्वको माध्यमले विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायहरू बिच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावनालाई अभिवृद्धि गर्दै  राष्ट्रिय एवं अन्तर्राष्ट्रीय सम्बन्धको विस्तारको थप मज़बूतीलाई सुदृढ बनाउन सहयोग पुग्ने छ।

संयुक्त, स्वस्थ र सकारात्मक दृष्टिकोण बाट स्वीकार गर्दै विद्यमान बिश्व समाजमा स्थापित हाम्रा अनेकौं साझा चाडपर्वहरुको माध्यम बाट हाम्रो समुदायमा विविध सामाजिक हितका कार्यक्रमको आयोजना गरी साझा बिस्वासमा रमाईलो गर्नका खातिर खासगरी पारिवारिक र सामुदायिक रुपमा मनाइने चाडपर्वहरुले सबै मानवजाति बिच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउनेछ भन्नेमा दुईमत नहोला भन्ने बिस्वास लागेको छ।

नेपाल र नेपाली समुदायहरुको सन्दर्भमा पनि एकता, प्रेम र सद्भाव वृद्धि गर्न चाडपर्वहरु सेतु बन्दै समाजमा संवृद्धिको कोशेढुंगा साबित हुनेछन् भनेर समेत बुझ्न आवश्यक हुनेछ।

बिश्व भ्रातृत्व र सामाजिक स्थाईत्वका लागि सबैखाले र खासगरी मानवाधिकारको सिद्धांतलाई यथोचित सम्मान सहित सफलतापूर्वक अवतरण गराउन चाडपर्वहरु बिशेष माध्यम हुनेछन् भन्ने बिस्वास समेत गरेको छु।

यसै प्रसंगमा इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस पनि विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गरी राष्ट्रिय अन्तर्राष्ट्रीय एकता प्रवर्द्धन गर्न सबैको हितको लागि साझा जिम्मेवारी स्वरूपको माध्यम हुन सक्ने छ भन्दा अत्युक्ति नहोला भन्ने बिस्वास पनि गरेको छु।

मेरो बुझाईमा आज पर्न गएको यस “क्रिसमस” पर्वले  समेत राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन भूमिका खेल्ने छ भनेर विश्वास गर्नु सबैतिरका ईसाई समुदायको उच्च स्तरको सोच र मानवीय आधार हो।

 विद्यमान बिश्व समक्ष प्रस्तुत र निर्मित हाम्रा विविधता र फरक फरक धारणा र धार्मिक आस्था अर्थात् बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै जुनसुकै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हकलाई मानवीय एवं मौलिक हकको रुपमा सुनिश्चित गरेको छ।

आजको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको छ। ईसाई धर्मावलंबीहरुको बिशेष महत्वपूर्ण र महान चहाड “क्रिसमस पर्व” ले मानव समुदाय बिच अज्ञानताका कारण संकीर्ण देखिएका सबै प्रकारका नकारात्मक घेराहरुलाई तोडेर बृहत्तर सामाजिक हित र मानव जातिको कल्याणका निम्ति  समुन्नत, सृजनात्मक र प्रेरणादायी हुन उदाहरण बनोस्।सबैलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु।

 

(अधिकारी एएनएका अध्Aयक्ष हुन्। उवको हालको बसोबास वासिंगटन डिसीमा छ ।-सम्पादक ।)

images
प्रकाशित मिति :पौष १०, २०८० मंगलवार - ०७:५२:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend