Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

अमेरिकामा हुने विश्व कप क्रिकेटको जर्सी बेच्ने अधिकार एक्जोबी यूएसएले पायो

अमेरिकामा हुने विश्व कप क्रिकेटको जर्सी बेच्ने अधिकार एक्जोबी यूएसएले पायो

नेप्लिज डायस्पोरा

२, बैशाख २०८१
images
अमेरिकामा हुने विश्व कप क्रिकेटको जर्सी बेच्ने अधिकार एक्जोबी यूएसएले पायो

अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा हुने आइसीसी टी २० विश्वकपका लागि नेपाल क्रिकेट संघले केहि दिन अगाडी जर्सी सार्वजनिक गरेको थियो । जुनको १ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपाली क्रिकेट टिमले लगाउने जर्सीको अमेरिकी बिक्रि अधिकार केल्मी नेपालले एक्जोबी यूएसएलाई दिएको गरेको छ ।

केल्मी नेपालले तयार पार्ने जर्सी अमेरिकामा आधिकारिक बिक्रिको अधिकारका लागि एक्जोबी यूएसएका ब्यवस्थापकद्धय सुमन क्षेत्री र केशव दाहाल तथा केल्मी नेपालका निर्देशक प्रदिप न्यौपानेबिच मेरिल्याण्डको बाल्टिमोरमा सम्झौता भएको हो ।

जर्सीलाई अनलाईनको माध्यमबाट विक्रि गरिने एक्जोबी यूएसएका ब्यवस्थापक सुमन क्षेत्रीले बताए । जसका लागि बेवसाईट तयार पारिएको छ भने मूल्य ३९.९९ डलर राखिएको छ । िश्वकप हेर्नका लागि अमेरिकामा रहेका नेपाली समर्थक निकै उत्साहित रहेका छन भने जर्सीका लागि पनि सोधखोज गरिरहेका छन । अब उनीहरुका लागि यो सम्झौताले ठूलो सहयोग हुने अपेक्षा गरिएको छ ।

IMG_6320.jpeg

images
प्रकाशित मिति :बैशाख २, २०८१ आइतवार - ०२:४३:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend