Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

तपसिल (लघुकथा )

तपसिल (लघुकथा )

नेप्लिज डायस्पोरा

२२, बैशाख २०८१
images
तपसिल (लघुकथा )

तपसिल
-युवराज मैनाली

”उमेरैले गर्या हो कि जमानै पल्टेको हो केही भन्न सक्दिनँ”। घरमा बस्यो घर हल्लिन्छ। बाहिर आयो सडक तर्साउँछ। यी बाइक भनाउँदाको दगुराइले मुटु थर्काउँछ,रेडियो फलाक्छ, ङिच्च दाँत देखाउँदै अधिकारी ढाढस दिन्छ-अब यस्ता मोटर साइकल चलाउन दिंइदैँन,हर्न समेत बजाउन दिंइदैँन। ‘तर खै त ? कसले कसलाई टेर्छन् र !

 

अस्ति वीर अस्पतालको फुटपाथबाट हिंड्दा हिंड्दैमा मोटर साइकल आएर ह्याण्डिलले हिर्काएर कुम सुन्निएको सुन्निएकै छ। कसलाई के भन्ने ? पेल्नेले पेल्यापेल्यै छ,चूप लाग्नेको ढाढ खुस्क्या खुस्क्यै छ। बोली हाले पनि के नापिन्छ र ! भित्तो बोल्ला मान्छे बोल्दैन।

images
प्रकाशित मिति :बैशाख २२, २०८१ शनिवार - २०:३८:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend