रेनुका पाण्डे, जेनेभा
१३ कार्तिक
जेनेभा नेपाली समाजकी सक्रिय अगुवा निता कपुरको सक्रियतामा स्विजरल्याण्डको जेनेभा निवासी नेपालीहरुमाझ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
सुप्रिया र सम्राट सापकोटाको भैली नृत्य मुख्य आकर्षण रहेको कार्यक्रममा सेल रोटि सहित नेपाली परिकारले सुनमा सुगन्ध थपेको थियो। गौरी गुभाजू, विन्दिया सुब्बा, शारदा सापकोटा लगायत नेपाली पहिरनमा सजिएका चेलीहरुले देउसी भैलो गाउँदै दीप प्रज्वलन गरेको दृश्य कहिल्यै नबिर्सने थियो।
