हामी चौविसै घण्टा काम गरिरहेका छौं र साउथ एशियन मतदातासंग सम्पर्क गरिरहेका छौं । बितेका १४ हप्तादेखि नियमित रुपमा हरेक हप्ता फोन बैंकिग गरिरहेका छौं । ३० हजारभन्दा बढि मतदातासंग फोन कल गर्यौं । त्यो पनि महत्वपुर्ण मानिएका राज्यहरु नभाडा, नर्थ क्यारोलाईना, जर्जिया र पेन्सिलभेनियामा । हामीले २ लाख पचास हजारलाई टेक्स्ट म्यासेज पनि गर्यौं ।
नभाडा, नर्थ क्यारोलाईना, जर्जिया, पेन्सलभेनिया,एरिजोना, मिचिगन र विस्कन्सन स्टेटहरुमा रहेकाहरुले बिशेष महत्वपूर्ण छन् । यहां रहेका साउथ एशियन र आप्रवासीहरुले नोभेम्बर ५ मा कमला ह्यारिसको टिमलाई मतदान गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ । हाम्रो दक्षिण एसियाली समुदायका लागि भोट दिनु र हाम्रो आवाजलाई देशभर सुनाउनु पर्नेछ ।
ट्रम्पको एजेन्डाले रंग र आस्थाका मानिसहरूमाथि व्यवस्थित र नियोजित रुपमा भेदभाव देखाएको छ। मुस्लिम प्रतिबन्ध लागू गर्नुका साथै, उसले अमेरिकामा कानुनी अध्यागमनलाई प्रतिबन्ध लगाएको छ । यसले हाम्रा दक्षिण एसियाली समुदायहरूलाई असर पारेको छ। आफ्नो पछिल्लो अभियान नीतिहरूको आधारमा, ट्रम्प क्याम्पेनले H-1B कामदारहरूमा भर परेका रोजगारदाताहरूलाई प्रतिकूल प्रभाव पार्दै कानूनी अध्यागमनलाई थप प्रतिबन्ध लगाउने योजना बनाएको छ। (WSJ, Oct. 31, 2024).
कमला ह्यारिस आप्रवासी र दक्षिण एसियाली छोरी हुन् ।उनको कथा हाम्रो जस्तै छ। उनी बुझ्छिन् कि अमेरिका सधैं एक देश हो जसले सबैलाई स्वागत गर्दछ । तपाईंको राष्ट्रियताको कुनै फरक पर्दैन, र आप्रवासीहरूलाई अमेरिकी सपना हासिल गर्ने अवसर प्रदान गर्दछ। उनको प्रशासन समावेशी हुनेछ, जसले सबैको जात र आस्थालाई सम्मान र मनाउनेछ। उदाहरणका लागि, गत हप्ता हाम्रो राष्ट्रिय पर्व दिवालीलाई कमलाले सर्वोच्च कार्यालय ह्वाईट हाउसमा भव्य रुपमा मनाईन। टिम वाल्जले पेनिस्ल्भेनियाको एउटा मन्दिरमा दिवाली मनाए। कमला ह्यारिसले पनि उपराष्ट्रपतिको रूपमा आफ्नो कार्यकालमा नेभल अब्जर्भेटरीमा आफ्नो निवासमा उत्सव मनाएकी छिन्। उनले हाम्रो सम्मान गर्छिन । जसले तपाईको भावना र आस्थालाई सम्मान गर्छ, उसलाई मतदान गर्नु हाम्रो कर्तव्य हो ।