Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बेलायत जाँदा 'शुभयात्रा'नभनेपछि मेयर हर्क साम्पाङ उपमेयर बेघासंग रिसाए

बेलायत जाँदा 'शुभयात्रा'नभनेपछि मेयर हर्क साम्पाङ उपमेयर बेघासंग रिसाए

नेप्लिज डायस्पोरा

२२, मंसिर २०८१
images
बेलायत जाँदा 'शुभयात्रा'नभनेपछि मेयर हर्क साम्पाङ उपमेयर बेघासंग रिसाए

धरानका मेयर हर्क साम्पाङले केही समयअघि बेलायत भ्रमणमा जाँदा उपमेयरको सट्टा आफ्नै नाता पर्ने वडाध्यक्षलाई कार्यवाहक दिएका थिए।

उपमेयरलाई 'बाइपास' गरेर वडाध्यक्षलाई कार्यवाहक दिनु कानुनसम्मत भएन नि भन्दै पत्रकारहरूले प्रश्न गर्दा उनको जबाफ थियो, 'त्यस्ता नाथे कानुन हामी नै बनाउँछौं। मलाई शुभयात्रा पनि नभन्ने उपमेयरलाई मैले कार्यवाहक दिनुपर्ने?'

 

उनले यसो भनेको भिडिओ क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल छ। हामीले धरानका उपमेयर अइन्द्रविक्रम बेघासँग शुक्रबार कुराकानी गर्दै सोध्यौं, 'धरानकै लागि स्रोत जुटाउँछु भन्दै बेलायत जान लागेका मेयरलाई शुभयात्रा किन भन्नुभएन?'

जबाफमा उनले भने, 'शुभयात्रा भन्न त उहाँ विदेश (युके) जानुभएको कुरा मलाई थाहा हुनुपर्‍यो होला नि!  उहाँ युके जाने हल्ला चलिरहेको थियो। गएपछि उहाँले अरूलाई  कार्यवाहक तोक्नुभएछ। त्यसपछि बल्ल मलाई थाहा भयो। अनि कसरी भन्नु शुभयात्रा!'

बांकी समाचारका लागि यो लिंक खोल्नुहोस ।

images
प्रकाशित मिति :मंसिर २२, २०८१ शनिवार - ०२:५१:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend