Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

'बीआरआई' मा ऋणसम्बन्धी सम्झौता भएको छैन : देउवा

'बीआरआई' मा ऋणसम्बन्धी सम्झौता भएको छैन : देउवा

नेप्लिज डायस्पोरा

२२, मंसिर २०८१
images
'बीआरआई' मा ऋणसम्बन्धी सम्झौता भएको छैन : देउवा

 

माेरङ – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बेला 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीआरआई ) मा ऋणसम्बन्धी सम्झौता नभएको दाबी गर्नुभएको छ ।

 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले बीआरआई अन्तर्गतका योजना नेपालको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण हुने भन्दै ऋणसम्बन्धी सम्झौता नभएको बताउनुभएको हो ।

 

बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएसँगै सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले उत्साहित भएको छ भने कांग्रेसमा अन्योल देखिएको छ ।

 

नेपाली कांग्रेसका केही नेताहरूले असन्तुष्टि जनाउन थालेका छन् । तर चीनमा सहमतिमै भाषा परिवर्तन गरेको र ऋणसम्बन्धी सम्झौता नभएको सभापति देउवाले बताउनुभयो ।

images
प्रकाशित मिति :मंसिर २२, २०८१ शनिवार - ०३:१४:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend