सत प्रतिशत मेहनतले छुट्टै रङ्ग ल्याउँछ,
बन्छ काम, र त खुशीहरू सङ्ग ल्याउँछ ।
(१)
सम्झनामा तिमी आउँछौ गीत झैँ गुञ्जेर,
शब्दको साँझमा यादहरू अजङ्ग ल्याउँछ ।
(२)
सपना देखिन्छ साथमा, उज्यालो खोज्दा,
कर्मको फलले नै जीवनमा तरङ्ग ल्याउँछ ।
(३)
चुपचाप बाटो हिँड्नेहरू पनि चम्किन्छन्,
अन्धकार चिरेर सूर्यले भिन्न ढङ्ग ल्याउँछ ।
(४)
तपस्याको फल खेर जाँदैन भन्ने सुनेको थिएँ,
धैर्य गरेपछि रातले नै उज्यालो छर्लङ्ग ल्याउँछ ।
(५)
हेलम्बु -६ सिन्धुपाल्चोक