Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

निर्मला (लघुकथा) ✍️ मञ्जुश्री

निर्मला (लघुकथा) ✍️ मञ्जुश्री

नेप्लिज डायस्पोरा

२७, श्रावण २०८२
images
निर्मला   (लघुकथा)    ✍️ मञ्जुश्री

एकाबिहानै निर्मला कड्केर बोली, " हैन हजुरको मात्र जागिर छ ? म मात्र कति खट्नु ? हजुर पनि यसो केटाकेटी त हेरिस्यो न । फूलबारी हेरौं कि, सागसब्जी, तरकारी रोपेकोले कति भर छ ? हजुर भने कि क्रिकेट छ कि फुटबल । म त वाक्क भैसकेँ ।

छोराछोरी बिग्रेको सुन्नु नपरोस् है भन्देकी छु । त्यो दिन नआउला भन्ने पनि छैन ! यही हाल हो भने ।

बाउको पनि भूमिका हुन्छ नि परिवारमा ? मेसिन भैसकेँ । काम ! काम !! अनि फेरि काम !!! "

लम्पसार भएर छोरो सोफामा तेर्सियो, " मामु भोक..... ! "

" जस्तो बाउ त्यस्तै छोरा, खोजेर, हेरेर खान नजान्ने ।" 

" मामु मोजा, मामु सर्ट, मामु बेल्ट खै ? " 

" सधैं जहाँ राख्ने गरेको छ त्यही छ हेर न !"

" रुमाल भेटिन त निर्मला ?"

" खाना पाकेन ?"

" मामु माग्ने आयो ।"

" टेङ्की भरियो !"

" नेटको लाइन छैन ?"

" मामु जुत्ता उक्कियो । "

" नेलकटर कहाँ छ निर्मला ? "

" कत्ति नुन हालेको ?"

" को मर्यो र खल्लो ? "

ढोकैदेखि स्कुलबाट छिर्दै असरल्ल लुगा खोलेर, "मामु मेरो लुगा खै ?"

" जस्तो बाउ उस्तै छोरा । बीउ अनुसारको फल भन्छ्न् ।" 

"माटो पनि मलिलो हुनुपर्छ नि निर्मला ?" 

 

- बिराटनगर ।

गीतकार सतीश चापागाईको गीत तिम्रो मन कोमल छ...।

 

images
प्रकाशित मिति :श्रावण २७, २०८२ सोमवार - १८:३९:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend