म प्रेमिल सहरमा नजर बन्द हुन्छु
बिहानी पहरमा नजरबन्द हुन्छु ।
दुखाएर यो मन तिमी दूर जाँदा
अनौठो रहरमा नजर बन्द हुन्छु ।
पिलाएर जाऊ भएदेखि हिम्मत
थोपा त्यो जहरमा नजरबन्द हुन्छु ।
खसाएर यौवनको बर्षात हरदिन
डुबाऊ नहरमा नजरबन्द हुन्छु ।
तिमी सम्झनामा गजल कोर्न थाल्यौ
म हरदम बहरमा नजरबन्द हुन्छु ।
- लेखनाथ मनपा -३१, बेगनासताल