Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एक्लोपनको आवाज ( कविता )

एक्लोपनको आवाज ( कविता )

images
एक्लोपनको आवाज ( कविता )

एक्लोपनको आवाज

 

एक्लै छु भन्छु म

तर भिडमै हराईरहेकी छु

हाँस्ना सिकेकी छु अरूकालागि

भित्रको आसु लुकाई रहेकीछु

मन चिच्याउँछ रातभर

तर आवाज कसैले सुन्दैन

सास त चली रहेको छ शरीरमा

तर ज्युँदै छु जस्तो लाग्दैन

 

आकास तिर हेर्छु आशा खोज्दै

तारा पनि मौन देख्छु

सायद पिढा धेरै भयो होला

शब्दहरूपनि थाकेका छन्

आँसु संगै आशा बग्छन्

तैपनि

मनमा आशा रित्तिएका छैनन्

अध्यारो पछी उज्यालो आउँछ

त्यही भरोसामा बाँचेकी छु I

 

- गुन्जन कार्की , काठमाडौँ

images
प्रकाशित मिति :माघ ७, २०८२ मंगलवार - १०:१३:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend