‘कसलाई सम्झिन्छु होला’ गीत सार्वजनिक
‘कसलाई सम्झिन्छु होला’ गीत सार्वजनिक भएको छ। उक्त गीत तारा सितारा प्रोडक्सनको युट्युब च्यानलमार्फत भएको हो । यो गीतमा नृपेश उप्रेतीको शब्द, विशाल निरौलाको संगीत तथा संगीत संयोजन रहेको छ। गीतको मिक्सिङ, मास्टरिङ तथा रेकर्डिङ रञ्जन राईले गरेका छन् भने गीतको रेकर्डिङ अलंकार डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो।
गीतको भिडियो निर्देशन कृष्ण पौडेलले गरेका छन्। भिडियोमा बिना राउत र सुमन दियालीको अभिनय रहेको छ भने क्यामेरा तथा ड्रोनको जिम्मेवारी सुरेश काफ्लेले सम्हालेका छन्। प्रेम र भावनालाई केन्द्रमा राखिएको गीतको भिडियो तारा सितारा प्रोडक्सनको युट्युब च्यानलबाट दर्शकमाझ ल्याइएको हो। नयाँ पुस्तामाझ नेपाली सांगीतिक सिर्जनालाई पुर्याउने उद्देश्यसहित गीत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।
भिडियाे हेर्न तल क्लिक गर्नुहोला :