Logo

आइतवार, कार्तिक २ गते २०८३   |   2026 October 18

images

images

राम प्रसाद पाठकको अब त लाहुरे आउँछ भनेर गीत सार्बजनिक

राम प्रसाद पाठकको अब त लाहुरे आउँछ भनेर गीत सार्बजनिक

नेप्लिज डायस्पोरा

१७, भाद्र २०८३
images
राम प्रसाद पाठकको अब त लाहुरे आउँछ भनेर गीत सार्बजनिक

काठमाडौ ,गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको आवाजमा सजिएको तिजको अवसर पारेर गाइएको तिज गीत अब त लाहुरे आउँछ भनेर बजारमा सार्बजनिक भएको छ ।

 गायक पाठककै लय रहेको उक्त गीतको शब्द गायक पाठक र बिक्रम अधिकारीको रहेको छ ।

यमन खनाल युट्युब च्यानलमार्फत बिश्व बजारमा आएको उक्त गीतमा यमन खनाल,जुना कार्की,सन्दीप मगर र रिया सुनारको मुख्य अभिनय रहेको छ ।

गीतको सङ्गीत संयोजक कृष्ण के.सीको रहेको छ भने गीतको रेकर्ड ,मिक्सिङ,मास्टरिन्न हेमराज डाङीको रहेको छ ।

चाडवाडको बेला प्रदेश गएको लाहुरेको आश गरेर बसेकी लाहुरेनी र बिदा मिलाएर घर आउने लाहुरेको प्रतिबद्धता झल्किने गीत महक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने ।

रामप्रसाद पाठक र बिक्रम अधिकारीको संयुक्त प्रस्तुति रहेको छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०८३ बुधवार - १७:२५:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend