Logo

शुक्रवार, आश्विन २ गते २०८३   |   2026 September 18

images

images

कोलोराडोमा सडक दुर्घटनामा, एक नेपालीको निधन, सहयोग जुटाउन गोफण्ड मी शुरू

कोलोराडोमा सडक दुर्घटनामा, एक नेपालीको निधन, सहयोग जुटाउन गोफण्ड मी शुरू

नेप्लिज डायस्पोरा

२०, भाद्र २०८३
images
कोलोराडोमा  सडक दुर्घटनामा, एक नेपालीको निधन, सहयोग जुटाउन गोफण्ड मी शुरू

 

अमेरिकाको कोलोराडोमा भएको एक सडक दुर्घटनामा १८ वर्षीय नेपाली मुलका युवक विजय पाण्डेको असामहिक निधन भएको छ। 

 

सुन्दर भविष्षको सपना बोकेर अमेरिका आएका पाण्डेले  ७  महिना नपुग्दै सडक दुर्घटनामा ज्यान गुमाएका हुन्।

 

नेपालको स्याङ्जा जिल्ला विर्गा निवासी बाबु गणेशप्रसाद पाण्डे र आमा संगीता पाण्डेको जेठा छोरा विजय पाण्डेको निधनले परिवारमा ठुलो बज्रपात परेको छ । उनका परिवारजन मध्ये १७ बर्षिय भाई मात्र यहॉ रहेको बुबा आमा नेपालमै रहेको समाजसेवी नन्दलाल न्यौपानेले बताएका छन् ।

 

प्राप्त जानकारी अनुसार अगस्ट २९ गते राति करिब १:३० बजे कामबाट कोठातर्फ फर्कने क्रममा पाण्डेलाई टेस्ला गाडीले ठक्कर दिएको र दुर्घटनापछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

यसैबीच, Jefferson County Coroner’s Office ले पाण्डेको मृत्यु भएको पुष्टि गर्दै Verification of Death पत्र जारी गरेको छ। कार्यालयले मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ। मृत्युको पुष्टि गर्ने उक्त पत्रमा थप जानकारीका लागि Jefferson County Coroner’s Office को कार्यालयमा सम्पर्क गर्न सकिने उल्लेख छ।

 

उनका बुवा–आमा नेपालबाट अमेरिका आइपुगेपछि अन्त्येष्टि गर्ने तयारी रहेको हुँदा अस्पताल तथा अन्य आवश्यक व्यवस्थापनमा ठूलो आर्थिक खर्च भइरहेको छ। 

 

यस्तो दुःखद र असहाय अवस्थामा हामीले गर्ने सानोभन्दा सानो सहयोग पनि उहाँको परिवारका लागि ठूलो सहारा बन्न सक्छ। आज हामीसँग उनको जीवन फर्काउने सामर्थ्य छैन, तर उनको परिवारको दुःखमा केही मलम लगाउने सामर्थ्य अवश्य छ। त्यसैले मानवताको नाताले, नेपाली हुनुको नाताले र दुःखमा एक अर्काको साथ दिने हाम्रो संस्कारको नाताले आफूले सकेको सहयोग गरिदिनुहुन कोलोराडो नेपाली समुदायले सबैमा विनम्र अनुरोध गर्दै गोफण्ड मी शुरू गरेको छ ।

 

कोलोराडोमा सकृय नेपाली घर, NRNA Colorado Chapter लगायतका संघ संस्थाहरूले समाजिक संजाल मार्फत विज्ञप्ती जारी गर्दै सहयोगको लागी अनुरोध गरेका छन् ।

सहयोग गर्न चाहनेहरुका लागि : 

https://www.gofundme.com/f/-d3d4c?

images
प्रकाशित मिति :भाद्र २०, २०८३ शनिवार - २२:४७:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend