Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकामा प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाईने

अमेरिकामा प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाईने

सतीश चापागाईं

९, आश्विन २०७५
images
  नेपाल तरुण दल अमेरिकाले प्रधानमन्त्री के.पी ओली बिरुद्ध प्रदर्शन गर्ने सूचना सार्बजनिक गरेको छ । तरुण दल अमेरिकाका उपसभापति अनन्तराक सुबेदीले संचार माध्यम र सर्बसाधारणलाई सार्बजनिक सूचना पठाएर यो जानकारी गराएका हुन् ।   "प्रधानमन्त्रीले शुरुमा धेरै सपना बाँड्नु भयो तर, सिन्को भाँच्न सक्नु भएन । हत्यारा र अपराधीहरुको संरक्षक भएर बसिरहनु भएको छ। प्रचण्डलाई पार्टीमा ल्याउनु र निर्मला हत्याका अपराधीलाई कारबाही गर्न नसक्नुले यो पुष्टि गरेको छ । त्यसैले हामीले नचाहदा नचाहदै बाध्या भएर उहाँ बिरुद्ध प्रदर्शन गर्नु परेको हो " सुबेदीले नेप्लिज डायस्पोरासंग कार्यक्रमको औचित्यबारेमा स्पष्ट पारे ।   सुबेदीले दुई स्थानमा प्रदर्शन गर्ने र दुवै स्थानमा कालो झण्डा देखाईने पनि जानकारी दिए ।   तरुण दल अमेरिकाले जारी गरेको सार्बजनिक सूचना यस्तो छ:   आदरणिय न्यायप्रेमी दाजुभाई तथा दिदिबहिनीहरु, १७ हजार नेपालीको हत्याका नाईके प्रचण्डलाई 'हेग' पठाउनुको सट्टा उनी सहित माओबादी पार्टी र सबै कार्यकर्ता टिका लगाएर आफ्नो पार्टीमा स्वागत गर्ने र उनीहरुकै राजनीतिक कार्यदिशामा अगाडी बढिरहेको नेपालको वर्तमान कम्यूनिष्ट सरकारको तानाशाही हैकमबादी प्रवृत्ति, अधिनायकबादी चरित्र र राज्यको ब्यापक दमन, भ्रष्टाचार, दिनदहाडै भएका हत्या एबं बलात्कार, अनियन्त्रित महँगाई बिरूद्दमा ब्यापक बिरोघ प्रदर्शन एवं नेपालको लोकतन्त्र, मानवाधिकारको समर्थनका लागि तरूण दल अमेरिकाले यहि सेप्टेम्वर २७ तारीखका दिन ३ बजे दिउसो संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्क (स्थान :- Dag Hammarskjold plaza, 47th St.1st Ave Manhattan, New योर्क) मा र २८ तारीख देश र आम नेपाली जनता रोईरहेको बेलामा आयोजित औचित्यहिन सम्मान कार्यक्रमको कुनै अर्थ नरहेकोले (72-11 Roosevelt ave) मा दिउसो ४ बजेदेखी प्रधानमन्त्रि के पी ओली बिरुद्ध कालो झण्डा सहित ब्यापक बिरोघ प्रदर्शन कार्यक्रम आयोजना गरेको यहाहरूलाई जानकारी गराउदै उक्त बिरोघ कार्यक्रममा ब्यापक सहभागिताको लागि हार्दिक अनुरोघ गरिन्छ । पुनश्च: बिरोधका सम्पुर्ण कार्यक्रमहरू यथासिध्र प्रकाशित गरिनेछ । जय नेपाल अनन्तराज सुबेदी उप सभापति नेपाल तरूणदल अमेरीका

images
प्रकाशित मिति :आश्विन ९, २०७५ मंगलवार - २०:२८:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend