Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

हाईकुको उद्गगमथलो जापानमा आज हाईकु सम्मेलन हुदै

हाईकुको उद्गगमथलो जापानमा आज हाईकु सम्मेलन हुदै

सतीश चापागाईं

१३, आश्विन २०७५
images
विश्वबन्धु भण्डारी जापान   नेपाली साहित्यको एक बिधा हाईकुको उद्गगमथलो जापानमा पहिलो चोटी आज आईतवार “अन्तराष्ट्रिय नेपाली हाईकु महोत्सव २०१८ हुने भएको छ ।   सम्मेलनलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले संयोजन गरेको छ।   सम्मेलनमा जापानका चर्चित हाइकु कविहरुले पनि नेपाली कविलाई साथ दिनेछन्। शिनओकुबो स्थित नेपाली मुरा हल (सोलमारी) मा हुने कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको अन्तर्राष्ट्रिय साहित्य समाजका बरिष्ठ उपाध्यक्ष एवं हाइकु सम्मेलन संयोजक प्रकाश पौडेलले बताउनुभयो ।   कार्यक्रम नेपाल हाइकु केन्द्र र अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त ब्यानरमा हुनेछ।   ‘जापानी हाइजिनहरुलाई नेपाली साहित्यकारको क्रियाशिलता र सक्रियता देखाउन पनि हामीले मेहेनत गरिरहेका छौं,’कार्यक्रम सहसंयोजक तथा अन्तर्राष्ट्रिय साहित्य समाज जापानका अध्यक्ष दीप पाठकले भन्नुभयो, यसले हामीलाई कार्यक्रम सिर्जनशिल बनाउन सहयोग गरेको छ।’ पछिल्लो समय नेपालमा हाइकु साहित्य फस्टाउँदो रुपमा छ। जापान सम्मेलनको क्रममा झन्डै एक दर्जन नेपाली हाइकु कृतिको विमोचन गरिनेछ भने रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’ ले अनुसन्धान मुलक कार्यपत्र प्रस्तुत गर्नेछन्। कार्यक्रमको मुख्य आकर्षणको रुपमा प्रसिद्ध जापानी हाइकु कविहरुको सहभागिता हुनेछ।   ‘नेपाली र जापानी कविहरु बिचको सहकार्यले नेपाली साहित्यलाई अन्तराष्ट्रियकरण गर्न बिषेश सहयोग हुने देखिएको छ सम्मेलनमा सहभागिता जनाउन नेपालबाट रामकुमार पाँडेको संयोजनमा अश्विनी कोइराला, प्रभा बराल, विजयराज आचार्य, शिरोमणि दवाडी र किरण पौडेल जापान र बेलायतबाट कृष्ण बजगाई जापान आईपुग्नुभएको छ ।   जापानवासी नेपाली साहित्यलाई माया गर्ने साहित्यकारहरुमा सहभागिताका लागी आयोजक संस्थाले सबैमा अपिल गरेको छ ।      

images
प्रकाशित मिति :आश्विन १३, २०७५ शनिवार - १९:२०:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend