Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

अमेरिकामा गायिका अञ्जना गुरुङ अमेरिकामा बिरामी, उपचारपछी बेड रेष्टमा

अमेरिकामा गायिका अञ्जना गुरुङ अमेरिकामा बिरामी, उपचारपछी बेड रेष्टमा

सतीश चापागाईं

५, कार्तिक २०७५
images
  सतिश चापागाईं / लक्ष्मण पौडेल मेरिल्याण्ड अमेरिका अमेरिकामा रहेकी गायिका अञ्जना गुरुङ बिरामी भएकी छिन । उनको मेजर अपरेशन भएको र अहिले घरमा बेड रेष्ट गरिरहेकी उनका श्रीमान कन्हैया सिंहले नेप्लिज डायस्पोरालाई जानकारी दिए ।   दशैंको दिन राति खाना खाएर सुतेकी गुरुङलाई राति २ बजेदेखि पेट दुख्न शुरु गरेको थियो । केहि घण्टा मै हस्पिटल लगिएको थियो । उनको पित्त थैलीमा धेरै नै इन्फेक्सन भएकोले उनको मेजर अपरेशन गरिएको पनि कन्हैया सिंहले नेप्लिज डायस्पोरालाई बताए ।   गायिका गुरुङलाई अपरेशन पछि मेरिल्याण्डको बाल्टिमोरमा रहेको घर ल्याइएको छ । अहिले दुखाई कम भएको बताएकी छिन । उनी बेड रेष्टमा छिन । डाक्टरले एक हप्ता बेड रेष्ट गर्न भनेको पनि कन्हैया सिंहले बताए ।   चर्चित गायिका गुरुङ सात बर्षदेखि श्रीमान र छोरी संगै अमेरिकामा छिन । उनका श्रीमान कन्हैया सिंह १० बर्षदेखि यहाँ छन् ।   बिरामी भएको थाहा पाएपछि गायिका गुरुङलाई भेट्न गायक भगवान भण्डारी, लक्ष्मण पौडेल लगायतका कलाकारहरु अस्पताल पुगेका थिए ।

images
प्रकाशित मिति :कार्तिक ५, २०७५ सोमवार - २०:३८:२९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend