Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मेरिल्याण्डको म्हः (आत्म) पूजाको सूचना

मेरिल्याण्डको म्हः (आत्म) पूजाको सूचना

सतीश चापागाईं

१९, कार्तिक २०७५
images
  मेरिल्याण्डको नेवारी समुदायको आयोजनामा यही नोभेम्बर ८ बिहिबार म्हः (आत्म) पूजाकोहुने भएको छ । म्हः पूजा अर्थात् स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठुलो पर्व हो । नेवारी भाषामा म्हःको अर्थ शरीर भएकोले म्हः पूजालाई शरीर पूजा पनि भनिन्छ । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ । संसारमा सबैभन्दा ठुलो आत्मा हो, आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ । प्रवासमा नेपाली कला संस्कृतको जगेर्ना गर्दै भावी पुस्तालाई समेत आफ्नो संस्कृति प्रति सु-सूचित गराउने उद्देश्यले नै म्हः पूजाको आयोजना गर्न लागेको आयोजक मध्येका एक युवा इन्द्र जोशीले नेप्लिज डायस्पोरालाई जानकारी दिनु भयो । बिस्तृत जानकारी पोष्टरमा हेर्नु होला ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७५ सोमवार - २१:३२:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend