Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

जापानका बिभिन्न शहरमा छक्का पन्जा लाग्दै

जापानका बिभिन्न शहरमा छक्का पन्जा लाग्दै

सतीश चापागाईं

२७, कार्तिक २०७५
images
बिश्वबन्धु भण्डारी जापान भर्खरै सुर्य इन्टरनेशनल अवार्ड भव्यताकासाथ सम्पन्न गरेको सुर्य कर्पोरेशनले हास्यप्रदान चलचित्र छक्का पन्जा -३ जापान भर प्रदर्शन गर्ने तयारी गरेको छ। दिपाश्री निरौलाद्वारा निर्देशित छक्का पन्जा , १ र २ को अपार सफलतापछी ३ पनि दर्शकहरुले रुचाइएका प्रतिकृयाहरु फेसबूकहरुमा आएका छन । दिपा र दिपकद्वारा निर्मित उक्त चलचित्रमा दिपकराज गिरी को मुख्य भुमिका रहेको छ भने उनलाई नायिकामा साथ दिएकी छिन् दिपिका प्रसाइले । चलचित्रमा अन्य ख्यातिप्राप्त कलाकारहरुको पनि अभिनय हेर्न सकिन्छ । छक्का पन्जा -३ ले नेपालको अस्वस्थ्य राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ । नोभेम्बर १८ आइतवार मेगुरो कुमिन सेन्टर टोकियो ,८ डिसेम्वर शनिवार फुकोओका र त्यस लगत्तै जापानको बिभिन्न २१ ठाउँहरुमा प्रदर्शनी हुने कर्पोरेशनका अध्यक्ष बासुदेव लामीछानेले जानकारी दिएका छन् । प्रदर्शनी हुने अन्य क्षेत्रहरु तल उल्लेख गरिएको छ 1-Tokyo ( Date Fixed ) 2-Nagoya 3-Osaka 4-Fukuoka (Date fixed) 5-Okinawa 6-Kobe 7-Sizuoka 8-Nigata 9-Tochigi 10-Gunba 11-Sendai 12-Fukushima 13-Chiba 14-Yokohama 15-Hiroshima 16-Ogori 17- tosu 18 - kurume 19 - ibaraki 20 - Kumamoto 21 - Kitakyushu थप जानकारीका लागि सम्पर्क / सुर्य कर्पोरेसन लिमिटेड ‭Phone :03 6265 9445‬ Fax :03 6265 9446‬ Mobile : 080 9805 2008 / 080 9055 8281

images
प्रकाशित मिति :कार्तिक २७, २०७५ मंगलवार - १०:२४:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend