Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

न्युयोर्कमा वसन्ती राई र बाबु बोगटीले तहल्का मच्चाउदै

न्युयोर्कमा वसन्ती राई र बाबु बोगटीले तहल्का मच्चाउदै

सतीश चापागाईं

२७, कार्तिक २०७५
images
लामो समयदेखि अमेरिकाको नेपाली समुदायलाई नृत्य, गायन र अभिनयबाट मनोरंजन प्रदान गर्दै आएकी कलाकार बसन्ती राई र ख्यातिप्राप्त गायक तथा नायक बाबु बोगटीले यहि नोभेम्बर १८ तारिख आइतबारका दिन भब्य सांगितिक साँझ हुने भएको छ। अमेरिकाको न्युयोर्कमा रहेको बाजेको सेकूवा सन्नीसाइडमा उक्त कार्यक्रम हुनेछ । यी दुवै कलाकारहरुले बिगत लामो समयदेखी अमेरिकाका बिभिन्न राज्यहरुमा सांगीतिक कार्यक्रम गर्दै आएका छन् । यस सांगीतिक कार्यक्रममा 'ए तुल्सी आँगनमा रोपौंला' , 'हिर्काउँला लौरीले ट्याक्क ट्याक्क ट्याक्क', 'लाने भए लैजाऊ कान्छा', 'बरको छायाँको लगाऊँदै माया' लगायत दर्जनभन्दा बढ़ी गीत गाउने गायिका बसन्ती राईले बताईन । यहि कार्यक्रमको तयारीका लागी बाबु बोगटी अहिले न्युयोर्कमा छन् । कार्यक्रम साँझ ८ .३० बाट सुरु हुनेछ र टिकट शुल्क १५ डलर रहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७५ मंगलवार - १५:५९:४१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend