Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

श्रृंखलालाई मिस वर्ल्डमा जिताउन यसरी गर्नुहोस् भोट (विधि सहित)

श्रृंखलालाई मिस वर्ल्डमा जिताउन यसरी गर्नुहोस् भोट (विधि सहित)

सतीश चापागाईं

१०, मंसिर २०७५
images
  काठमाडौँ । नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वर्ल्ड २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनियाँ चकित पारेकी छिन्। उनी अहिले भोटिङ मार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी छिन्। उनलाई भोटपनि निक्कै आकर्षक आइरहेको छ। यो समाचार तयार पार्दा समेत उनी अग्र स्थानमा छिन्। उनी मिस वर्ल्ड २०१८ भएमा उनीसँगै नेपाललाई विश्वले चिन्नेछ। अहिलेसम्म यो उपाधिको नजिक नेपालका कोहीपनि पुगेका थिएनन्। कात्तिक २३ गते शुक्रबार मिस वर्ल्ड २०१८ मा सहभागिता जनाउन चीनतर्फ उड्ने क्रममा श्रृंखलाले त्रिभुवन विमानस्थलबाटै नेपाली झन्डा फहराउँदै एउटा आकर्षक तस्बिर पोस्ट गरिन्। उक्त तस्विरले धेरैको मन जितिरहेको छ। तस्बिरसँगै उनले लेखेकी थिइन् नेपाल, म तिमीलाई गौरवान्वित बनाउनेछु, यो मेरो वाचा भयो अर्थात् नेपाल, आई विल डू यू प्राउड, प्रमिस। स्टाटससँगै श्रृंखलाले आफ्नो मिस वर्ल्डको यात्रा प्रारम्भ भएको जानकारीसमेत गराएकी छिन्। मिस वर्ल्ड २०१८ को निर्णायक प्रतियोगिताअघि विभिन्न युट्युब च्यानलले यो वर्षको सम्भावित विजेताका बारेमा अनुमान लगाउन थालिसकेका छन्। मिस वर्ल्ड अन्तर्गतका विभिन्न चरणका प्रतियोगिता सञ्चालन भैरहेका बेला अध्ययनकर्ताहरूले नेपाली चेली श्रृंखलाले मिस वर्ल्डको उपाधि नै जित्न सक्ने अनुमान गरेका हुन्। कसरी गर्ने भोट ? श्रृंखलाले आफ्नो फेसबुक पेजमार्फत आफूलाई अनलाइन भोट गर्न सम्पूर्ण नेपालीहरू समक्ष आग्रहसमेत गरेकी छिन्। त्यसका लागि मोबाइलमा मोबस्टारको एप डाउनलोड गरेर श्रृंखला खतिवडाको पेजमा गै उनलाई फलो गर्नुपर्नेछ। त्यसपछि उनको पोस्टमा गएर मोबाइलको स्क्रिनलाई देब्रेबाट दाहिनेतर्फ स्विप गर्नुपर्छ। त्यसो गर्नेबित्तिकै ‘यस’ लेखिएको देखिने छ। उक्त शब्द देखिनु भनेकै श्रृंखलाले एकमत प्राप्त गर्नु हो। त्यसका लागि प्रत्येक दिन उक्त एपमा गएर उनका हरेक पोस्टमा कमेन्ट समेत गर्नुपर्नेछ। यसरी भोट गर्दा सबैभन्दा बढी मत पाउने सुन्दरीले मिस वर्ल्डको एउटा महत्वपूर्ण विधा मल्टिमिडियाको उपाधि जित्नेछिन्।   https://www.youtube.com/watch?time_continue=3&v=bvu2YcRDaJw

images
प्रकाशित मिति :मंसिर १०, २०७५ सोमवार - २२:११:१६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend