Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सान फ्रान्सिस्कोमा इमिग्रेशन फोरम हुने

सान फ्रान्सिस्कोमा इमिग्रेशन फोरम हुने

सतीश चापागाईं

१९, मंसिर २०७५
images
  बदलिदो अमेरिकी आप्रवासन नीतिबारे सान फ्रान्सिस्कोमा इमिग्रेशन फोरम संचालन हुने भएको छ । अनलाइन न्यूजपोर्टल, हलिउडखबर डटकमले आफ्नो दोस्रो बार्षिक उत्सवको अवसरमा आयोजना गरेको सो फोरममा न्यूयोर्कका कानून व्यवसायी बासु फुलाराले फोरम संचालन गर्नुहुने छ । डिसेम्बर ९ तारिख सांझ ५ बजे स्थानिय रेस्टुरेन्ट, “टेस्ट अफ हिमालय”, सान लियान्द्रोमा हुने कार्यक्रममा ट्रम्प प्रशासनले अख्तियार गरेको इमिग्रेशन नीतिहरु बारे बृहद छलफल हुने फुलाराले बताए ।   “असाइलम, इबीवान, लेबर सर्टिफिकेशन, एचवान बि, टिपिएस, एल बान र फेमिलि पिटिसन लगायतका बिषयमा यो फोरम केन्द्रित हुनेछ,” उनले भने । फोरममा सहभागीहरुले फुलारासंग प्रत्यक्ष अन्तक्रिया र प्रस्नोत्तर गर्नसक्ने छन् । फोरममा राष्ट्रपतिको अध्यादेशबाट जारि भएको जिरो टलरेन्स पोलिसी, ग्रीनकार्डका लागी दिनुपर्न अन्तर्वार्ताको तयारि, पब्लिक बेनिफिट र ट्राभल डकुमेन्टका बारेमा पनि छलफल हुनेछ ।   “यस फोरमबाट सहभागीले प्रसस्त लाभ लिनसक्ने हामीले बिश्वास लिएका छौं” आयोजक एवं हलिउडखबर डटकमका सम्पादक कृष्ण केसीले भने । बिगत एकदशकदेखि कानूनी पेशामा संलग्न फुलारा अमेरिकी आप्रवासन नीतिका जानकार मानिन्छन् । न्यूयोर्कको टाइम्स स्वायरमा रहेको फुलारा ला फर्मबाट सेवा प्रदान गर्दै आएका उनले निकट भविश्यमै सान फ्रान्सिस्को, टेक्सास र लसएन्जलसमा शाखा विस्तार गर्न लागेको जानकारि पनि दिए । दुइसत्रमा विभाजन हुने कार्यक्रमको पहिलो सत्रमा बार्षिक उत्सव मनाइने छ जसमा मिडिया फोरम पनि संचालन हुनेछ । महावाणिज्यदूत क्रृषि ढकालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेजाका अध्यक्ष सुदिप पन्त, महासचिव किरण मरहट्ठा र क्षेत्रीय संयोजक गोकुल ढकाल लगायत अन्य संचारकर्मी र स्थानिय संघसंस्थाका प्रतीनिधिको उपस्थिती रहने केसीले जानकारि दिए । कार्यक्रममा नेजा अध्यक्ष सुदिप पन्तले नेजा र संचार मिडियाहरुको संबन्धको बिषयमा र निवर्तमान महासचिव तोया दाहाल र बरिष्ठ पत्रकार रवि अधिकारीले नेपाली पत्रकारिता बिगतदेखि बर्तमान बिषयमा प्रस्तुति दिनेछन् ।

images
प्रकाशित मिति :मंसिर १९, २०७५ बुधवार - २०:१९:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend