Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाली चलचित्र छिरीङ्ग बाल्टिमोरमा प्रदर्शन हुने

नेपाली चलचित्र छिरीङ्ग बाल्टिमोरमा प्रदर्शन हुने

सतीश चापागाईं

१९, मंसिर २०७५
images
  चर्चित नेपाली चलचित्र छिरिङ्ग बाल्टिमोरमा प्रदर्शन हुने भएको छ । गायक तथा नायक यशकुमार निर्देशित चलचित्र ‘छिरिङ्ग’ आगामी डिसेम्बर ९ आइतबारका दिन बाल्टिमोरको नोटिङ्गघाम स्थित होराईजन चलचित्र मन्दिरमा प्रर्दशन हुने भएको छ। नेपालको उपल्लो मुस्ताङमा छायांकन गरिएको उक्त चलचित्र प्रेम, द्वन्द्व, समर्पणले भरिएको छ । चलचित्रले नेपालमा प्रचलनमा रहि आएको बहुपतिप्रथाको मौलिक कथाबस्तुलाई उठान गरेको छ । चलचित्रमा गायक तथा नायक द्वय निमा रुम्बा तथा यशकुमारको सशक्त भूमीका रहेको छ । साथै अभिनेत्र कामना भुजेल लगायतका कलाकारहरुको उत्कृष्ट अभिनय हेर्न सकिनेछ । चलचित्र ‘छिरिङ्ग’मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । सुनिल माथेमा प्रधान, यल्वी बी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको यस चलचित्रलाई यश कुमार र याम थापाले लेखेका हुन् । टिकटको अलागी सम्पर्क: Dilip Shrestha: 443-374-8625, Apar Shrestha?: 443-418-4344, Kul Gurung: 443-847-4557, SRIJAN: 443-675-8889, Ashok Uprety Krish Uprety:443-240-8389

images
प्रकाशित मिति :मंसिर १९, २०७५ बुधवार - २०:२७:४८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend