वासिङ्गटन डिसी । सगुनले विभिन्न चरणहरुमा लगानीको अवसर खुल्ला गर्दै आइरहेकोमा हाल अमेरिकाबाट मात्र लगानी गर्ने अवसर खुल्ला रहेको छ । तर यो अवसर यही डिसेम्वर २८ देखि बन्द हुने कुरा सगुनले जनाएको छ ।
सगुनले गत वर्ष खुला गरेको मिनी आइपीओ मार्फत विश्वभरिबाट लगानी गर्न पाउने अवसर गत जुलाइमा समाप्त भएको थियो । तर अमेरिकाका टेक्सस्, फ्लोरिडा, एरिजोना र नर्थ डकोटा राज्यहरुबाट मिनी आइपीओ मार्फत सम्वन्धित राज्यको कानूनी प्रावधानका कारणले लगानी गर्न पाइन्नथ्यो । उक्त राज्यहरुबाट सगुनमा लगानी गर्न पाउने व्यवस्थाका लागि केही समय अगाडि सगुनले फण्डिङ्ग पार्टनर स्टार्ट इञ्जिन मार्फत लगानी खुला गरेको थियो । स्टार्ट इञ्जिनको प्रावधानका कारणले उल्लेखित राज्यहरु लगायत अमेरिकाका सवै राज्यहरुबाट लगानी गर्न सकिने कुरा सगुनले वताउँदै आइरहेको छ ।
सामाजिक सञ्जाल र इकमर्शको क्षेत्रमा नविनतम प्रयोगको शुरुवात गर्ने र प्रयोगकर्ताहरुलाई समेत आम्दानीको हिस्सा वाड्ने विशेष अवधारणा अनुसार अमेरिकाबाट नेपालीहरुले शुरु गरेको सगुन स्टार्ट अप कम्पनीकोरुपमा रहेको छ । हालसम्म एण्ड्रोएड एप बजारमा ल्याइसकेको सगुनको अवधारणालाई भेञ्चर क्यापिटल ल
गायत ठूला लगानीकर्ताहरुले समेत विशेष चासोकोरुपमा हेर्दै आइरहेका छन् ।
यस प्रकारको नयाँ अवधारणा लिएको सगुनमा सर्वसाधारणहरुले लगानी गर्न पाउने अवसर हाल आएर अमेरिकाको लागी मात्र उपलब्ध रहेको छ । यो अवसर पनि डिसेम्बर २८ पश्चात समाप्त हुने भएकोले लगानीका लागी इच्छुक व्यक्तिहरुले
www.startengine.com/sagoon मा गएर लगानी गर्न सकिने कुरा सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले बताए । यस प्रावधान अनुसार लगानी गर्नका लागी न्यूनतम रकम १०१२ अमेरिकी डलर रहेको छ र डेविट, क्रेडिट वा
वैंक खाता मार्फत लगानी गर्न सकिने छ ।
कविन्द्रका अनुसार ‘यो अवसर बन्द भइसकेपछि सम्भवत सर्वसाधारणहरुले सगुनमा लगानी गर्न पाउने अवसर सधैंका लागी वन्द हुनसक्छ । सगुनले चाहेमा पुनः मिनी आइपीओ खुल्ला गर्न त सक्छ । तर यदि खुल्ला गरेछ भने पनि माथि उल्लेखित राज्यहरुले भने पहिलाको जस्तै लगानी गर्न पाउने छैनन् ।’
स्टार्ट कम्पनीहरु नयाँ र भिन्न प्रकारका आइडिया सहित बजारमा आएका हुन्छन् । यिनीहरुको नयाँ आइडियाका कारणले यिनीहरु सफल भएपछि शुरुको अवस्थामा लगानी गर्ने साना
लगानीकर्ताहरुलाई समेत ठूलो प्रतिफल दिन सक्षम हुन्छन् ।
स्टार्टअप कम्पनीमा लगानीबाट हालै लाभान्वित भएका २ वटा उदाहरणहरु ताजा छन् । क्यालिफोर्नियाको एउटा Catholic school ले आफ्नो साथीले शुरु गरेको Snap Chat मा सहयोग स्वरुप US$15,000 लगानी गरेको थियो । जब Snap Chat IPO मा गयो, तब उनले आफ्नो शेयरको ३४ प्रतिशत मात्र विक्री गरेर २४ मिलियन अमेरिकी डलर हात पार्न सफल भए । त्यस्तै India का आशिष गुप्ताले साथीमार्फत Flipcart मा १५ लाख भारतीय रुपैंया लगानी
गरेका थिए । जब Walmart ले Flipcart मा आफ्नो स्वामित्वको शुरुवात गर्यो, तब उनले आफ्नो शेयर विक्री गरेर गत महिना मात्र २० मिलियन अमेरिकी डलर प्राप्त गर्न सफल भए ।
यसरी स्टार्ट अप कम्पनीमा लगानी गर्दाको फाइदा देखिन्छ । तर यसको साथमा जोखिमको सम्भावना समेत त्यतिकै हुनेहुन्छ । तसर्थ लगानी गर्न इच्छुक व्यक्तिहरुले यी दुवै पक्षलाई विचार पु¥याउन सगुनले अनुरोध गरेको छ ।
आदरणीय बाल्टिमोर नेपाली समुदाय,
सामाजिक सञ्जाल तथा इकमर्शको क्षेत्रमा नविनतम प्रयोग भित्र्याउने लक्ष्य सहित नेपालीहरुले शुरु गरेको सगुनका बारेमा जानकार हुनुहुन्छ भन्ने विश्वास लिएका छौँ । मिनी आइपीओ मार्फत सर्वसाधारण व्यक्तिहरुले सगुनमा लगानी गर्न पाउने अवसर यही आउँदो शुक्रबारबाट बन्द हुंदैछ । यसै सन्दर्भमा ‘सगुनमा लगानी सम्वन्धमा प्रत्यक्ष जानकारी’ गराउने उद्धेश्य सहित सिविरको आयोजना गरिन लागिएकोले निम्नानुसारको समयमा उपस्थित भइ स्टार्ट अप कम्पनीमा लगानी गर्न पाउने अवसरको बारेमा जानकारी प्राप्त गर्नहुन सगुन परिवार हार्दिक अनुरोध गर्दछ ।
कार्यक्रम
मितिः Thursday डिसेम्बर २७, २०१८
समयः दिउसो २ बजे देखि साँझ ९ बजेसम्म
स्थानः बानाको सामुदायिक भवन
2906 Taylor Ave, Parkville, MD 21234
सम्पर्क तथा थप जानकारीका लागीः
https://www.brtnepal.com/2018/12/18/71939.html ( Two videos )
http://www.dcnepal.com/sagoon-promoted-content
Phone: 571-259-3984, Email:
[email protected]
धन्यवाद
कविन्द्र सिटौला
सहसंस्थापक
सगुन