Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

अमेरिकाको मेरिल्याण्डमा सामुहिक ब्रतबन्ध

अमेरिकाको मेरिल्याण्डमा सामुहिक ब्रतबन्ध

सतीश चापागाईं

१३, श्रावण २०७५
images
नेप्लिज डायस्पोरा, ११ श्रावण २०७५ अमेरिका । अमेरिकाको मेरिल्याण्डमा सामुहिक ब्रतबन्ध सम्पन्न भएको छ। सामुहिक ब्रतबन्धमा १२ जना बटुकलाई मन्त्रदान गरिएको थियो। मेरिल्याण्ड राज्यको वासिंटन काली मन्दिरमा सम्पन्न उक्त ब्रतन्धमा अमेरिकाका विभिन्न स्थानसहित क्यानडाबाटसमेत बटुक सहभागी बनेका थिए। ब्रतबन्धमा सबै भन्दा रोचक कुरा के थियो भने, १२ बटुकमध्ये ११ जना नेवारी समुदायका थिए। जुलाई १४ मा सम्पन्न उक्त ब्रतबन्ध नेपाली परम्परागत बौद्धिक बिधि अनुसार गरिएको थियो। नेवा अर्गनाइजेसन अफ अमेरिकाले आयोजना गरेको ब्रतबन्धमा नेवा समुदायका युवा पण्डित बासब राजो पाध्यायले सामुहिक ब्रतबन्ध गराएको अर्गनाइजेसन अफ अमेरिकाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

images
प्रकाशित मिति :श्रावण १३, २०७५ आइतवार - ०६:५१:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend