भर्जिनिया अमेरिका
जनवरी ५,
२०१९ कथाकार तथा संचारकर्मी सुबिसुधा आचार्यले ‘हुरी चल्यो’ बोलको गीत Shristi Kids TV युबट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् ।
बिन्दु परियार र अर्जुन सुनामको श्वर तथा झलक संगीतम को संगीत रहेको गीतको निर्देशन शिवन श्रेष्ठले गरेका छन् ।जुना आले र खुसिका मंग्राती जस्ता चर्चित हट मोडेलहरू सहित एकान्त मगरको सशक्त अभिनय रहेको छ ।
सुबिसुधाका यस भन्दा अगाडि पनि दर्जनौं विभिन्न विधाका पुस्तकहरू प्रकाशन हुनुको साथै दर्जनौं लोकप्रिय गीतहरू रेकर्ड भैसकेका छन् । यसै हप्ता सुबिसुधाको अर्को म्युजिक भिडियो पनि सार्वजनिक गरिने जानकारी प्रोडक्सन म्यानेजर केशव आचार्यले हामीलाई दिएका छन् ।
गीतको लिंक
https://www.youtube.com/watch?v=tmVfgBqXS0s&feature=youtu.be&fbclid=IwAR2MXwtRF4pfkyrdO5Ux9CDvZPMAFkLQLVi3Jewi8j0Wjf7ku8Afi3-wdTU