२४, पौष २०७५
सज्जन ढकाल गुल्मी पौष २४, परम्परागत स्थानिय सस्कृतिको संरक्षण गरौं ,शिक्षा तथा खेलकुद बिकास संगै कृषि प्रबर्द्धन गरौं ! भन्ने मुल नाराका साथ मनकामना युवा क्लब बरेङ गाउँपालिका २,सिग्दी बाग्लुङले क्लबको २७ औ बार्सिक उत्सव समारोह तथा माघी मेला २०७५ पौष २८ गते देखि माघ २ गते सम्म सन्चालन गर्ने भयको छ !
कार्यक्रम अवधी भर नयाँ सम्रचना अनुसार वडा स्तरिय पुरुष भलिबल प्रतियोगित ,सालै जो नृत्य प्रतियोगिता ,खुल्ला ब्याडमिन्टन प्रतियोगिता,मा.बि स्तरिय हाजिरी जवाफ प्रतियोगिता लगायत स्थानिय सालैजो ,सोरठी तथा लोक सास्कृतिक झाकि प्रदसनी, स्थानिय ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलहरुको फोटो प्रदसनी गरिने भयको छ ! साथै मेलामा मुख्य आक्रषणको रुपमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त चर्चित लोक दोहरी गायक सर्जक तथा सङ्गीतकार वसन्त थापा,खुमन अधिकारी,सन्तु थापा,पुर्ण परियार,उदयपुन ,गायिका प्रिति आले,सम्झना भण्डारीको उपस्तिथि र विशेष साङ्गेतिक प्रस्तुती रहने छ ! मेलामा विशेष सास्कृतिक कार्यक्रम माघ १ र २ गते हुने आयोजक स्रोतले जानकारी गरायको छ !
मेलाको मुख्य आयोजकको रुपमा मनकामना युवा क्लब र मनकामना आमा समूह रहेका छ्न ! उक्त कार्यक्रम मनकामना खेलकुद मैदान ग्यालथुम्का बरेङमा सन्चालन गरिने छ ! प्रत्यक बर्ष क्लबको बार्सिक उत्सवको पावन अवसरमा ख्याती प्राप्त कलाकारहरुको विशेष उपस्तिथिमा मनकामना युवा क्लबले बिबिध सास्कृतिक कार्यक्रमसंगै माघी मेला सन्चालन गर्दै आयको कार्यक्रम संयोजक मीन बहादुर पुनले जानकारी गराउनु भयो !
विशेष गरि यश माघी मेला २०७५ को मुख्य उद्देश्य शिक्षा तथा खेलकुद क्षेत्रको बिकास,व्यापार ब्यवसायको प्रबर्द्धन ,स्थानिय स्तरमा रहेका पर्यटकिय स्थलहरुको व्यापक प्रचार प्रसार गरि ग्रामिण पर्यटन प्रबर्द्धन र स्थानिय कला सस्कृतिको जगेर्णा गर्ने रहेको क्लबका अध्यक्ष मोहन पुनले जाकारी गराउनु भयो !
प्रकाशित मिति :पौष २४, २०७५ मंगलवार -
११:४०:५४ बजे