Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

विश्वकर्मा समाज साउदि अरबको प्रथम ऐतिहासिक वार्षिकोत्सब सम्पन्न

विश्वकर्मा समाज साउदि अरबको प्रथम ऐतिहासिक वार्षिकोत्सब सम्पन्न

सतीश चापागाईं

४, माघ २०७५
images
  तेज थापा - साउदि अरब साउदि अरब - एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदि अरबले आफ्नो पहिलो वार्षिकोत्सब कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । साउदि अरबको पुर्वी प्रान्त अलखोबर स्थित दरबार होटेलमा आज १८ जनवरीका दिन एक कार्यक्रम सहित वार्षिकोत्सब मनाइएको हो । अर्जुन विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव पुर्ण बहादुर सुनारले संचालन गरेका थिए भने आयोजकको तर्फबाट सन्तोष सुनारले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियोे । नेपाली राष्ट्रिय गानको धुनसँगै सुरुवात भएको कार्यक्रमको विभिन्न चरण अन्तर्गत स्थापना कालदेखि समाजले हालसम्म गरेका गतिविधि र समाजिक सेवाहरु प्रस्तुत गर्दै महासचिवले आर्थिक तथा कार्य प्रगति विवरण सुनाएका थिए । कार्यक्रममा एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदि अरब निवर्तमा   न अध्यक्ष चक्र बि.क., प्रमुख सल्लाहकार टेक बहादुर विश्वकर्मा, अन्तर्राष्ट्रिय दलित महासंघका वरिष्ठ अध्यक्ष रमेश लामगाडे, एनआरएनए एनसीसी साउदि अरबका वरिष्ठ उपाध्यक्ष डमर कुमार यादव, महासचिव तेज थापा, नेपाल मगर संघ प्रवास शाखा साउदि अरबका बरिस्ठ सल्लाहकार प्रेम सिंजाली मगर, एनआरटिएनसी नेपाली समाज साउदी अरबका अध्यक्ष विष्णु पोख्रेल, तमुधीं साउदि अरबका महासचिव मेक गुरुङ, सहभागी कृष्णा परियार (रिमाल) लगायतका वक्ताहरुले आ-आफ्नो मन्तव्य राखेका थिए । त्यसैगरी एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदि अरबको आजिबन सदस्यता लिने व्यक्तिहरुलाई प्रमाणपत्र तथा खाताले सम्मानित गरिएको थियोे । सोही अवसरमा साउदि अरबको बसाइँ बिट मारि नेपाल फर्कदै गरेका संस्थापक अध्यक्ष चक्र बि. क.को बिदाइ एवम् सम्मान समेत गरिएको थियोे ।  

images
प्रकाशित मिति :माघ ४, २०७५ शुक्रवार - १८:२०:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend