१५, माघ २०७५
कुरा तेस्तै २०११ तिरको हो । पहिलो पटक बाल्टिमोरबाट न्यूयोर्क जादै थिएँ । मनमा अति नै उमंग थियो, त्यो उमंगको त म बयान नै गर्न पनि सक्दिन ।
कोठाबाट बस स्ट्पसम्म भाडाको ट्याक्सीमा गएँ चाइनिज बस लाग्ने ठाउ ट्राभल प्लाजासम्म । बस न्यूयोर्क जाने तयारीमै रहेछ । एक जना मेरै उमेरको केटो कालो झोला भिरेर हातमा पैसा खेलाउदै न्यूयोर्क न्यूयोर्क भन्दै मेरै छेउ आयो । मैले "हाउ मच्?" भनेर सोधें । उसले "वन वेए (तुवान्ती) २०, टु वेए थर्टी फाइभ भन्यो । मैले ट्वान्टी डलर दिएर बस चढे, बस चल्यो ।
करिब ४ घण्टाको यात्रापछी म सधैं ब्यस्त रहने, कहिल्यै नबस्ने, नसुत्ने शहर न्यूयोर्क पुगे । न्यूयोर्क पुगेपछी आफु पुग्नुपर्ने ठाउँ तर्फ लागे । जुन कामका लागि न्यूयोर्क आएको थिए सो काम गरीकन म फेरी बल्टिमोर नै फर्कने तरखरमा थिएँ । ३४ स्ट्रीटबाट नै बल्टिमोर जाने बस लाग्ने हुनाले म बस रोक्ने स्थानमा गएर उभिएँ, मान्छे हरुको लाईन लामै थियो । मेरो नजर फेरी पनि बल्टिमोरमा जस्तै कालो झोला भिरेको चाइनिज तिर गयो, उस्को छेउमा गएर बल्टिमोरको लागि टिकेट लिएँ । बिस डलर दिएर काम सकिन्छ र आजै फर्कन्छु भन्ने नहुँदा टु वेएको टिकेट ३५ डलरमा बिहान आउँदा नलिएकोमा आफु आफैसँग मुर्मुरिए । फर्कने क्रममा चाइनिजहरुले बिभिन्न क्षेत्रमा गरेको प्रगतीका बारेमा सोच मग्न भए ।
विश्वको कुनै पनि ठाउँ छैन होला चाइनिज सामानहरु नपूगेको, बिभिन्न देशमा देश र भेस अनुसारका सामान निर्यात गराउनु चाइनिजहरुको दिमाख लाई मान्नै पर्छ । एउटै सामान नेपाल भारत र अमेरिकामा ३ भिन्न प्रकारले जान्छन। 'मेड इन चाइना आज छ् भोली छैन!' भन्ने उखान हामीहरुले चाइनिज सामान प्रयोग गर्न थालेपछी नै भन्ने गरेको हो। देख्दा अति सुन्दर र सस्तो चाइनिज सामानहरुको बिशेषता नै हो । मैले सुनेको एउटा किस्सा यस्तो छ : कुश्मा बजारमा एक ग्राहक छाता लिन् पसले कहा गएछन र पसलेलाई सोधेछन कत्तिको खप्छ भनेर ? पसलेले पनि "घाम र पानीबाट बचाउनुस् कहिल्यै केही हुन्न" भन्ने जवाफ दिएथे रे । तेस्तै हुन हामीकहा जाने चाइनिज सामान तर त्यही सामान अन्य देशमा जादा भिन्न प्रकारले जाने रहेछन ।
फेरी २०१२ को मे महिनातिर न्यूयोर्क जाने काम पर्यो । बस स्ट्प साबिककै ठाउँमा थियो । उहि कालो झोला भिरेको उहि चाइनिज केटो माइ फ्रेन न्यूयोर्क न्यूयोर्क ट्वान्टी डलर टाईम नाइन थर्टी(९:३०) भन्दै आयो । यो पटक भने मैले उस्लाई आफ्नो परिचय दिन भने । उस्ले आफ्नो नाम च्याङ मात्रै भन्यो । मैले पनि आफ्नो परिचय दिएर पहिले जस्तो ट्वान्टी डलरमा ४ घण्टाको बाटो किने । बल्टिमोर टु न्यूयोर्क सस्तो र सुलभ यात्राका लागि चाइनिजहरुको सेवा लाई मान्नै पर्छ। न्यूयोर्क जाने र आउने क्रममा त्यो च्याङ भन्ने चाइनिज मेरो साथी भयो कहिले काही (प्यासेन्जर) यात्रुहरुसँग हल्का चर्काचर्की भयो भने पनि 'ओके ओके यू माइ फ्रेन' मात्रै भन्थ्यो अनि पछाडि चाइनिज भाषामा के के भन्थ्यो हामीले बुझ्ने कुरा भएन । उसले त्यो भन्दा बढी अंग्रेजी बोलेको मैले सुनिन ।
आफु बस्ने ठाउँ र चाइनिज बस लाग्ने ठाउँको दुरी नजिक हुनाले पनि न्यूयोर्क जादा म सधैं चाइनिज बसमै यात्रा गर्न रुचाउछु । कहिले त महिनाको ३-४ पटक पनि न्यूयोर्क जाने काम पर्दथे । प्रतेक पटक त्यो च्याङ साथी त्यही अवस्थामा आफ्नो दैनिकी चलाउथ्यो । दिन, हप्ता, महिना गर्दै बर्ष कट्थे र पनि चाइनिज साथीको दैनिकी त्यही थियो बसको भाडा पनि उहि नै थियो वन वे ट्वान्टी डलर र टु वे थर्टी फाइभ डलर । अमेरिकामा कति चिजहरुको मुल्य आकाश छुउला गरी आकसिएका छन तर चाइनिज बसको भने उही एउटै सेवा शुल्क सुबिधा देख्दा चाइनिजहरुको कामप्रतिको ईमान्दारीता प्रति सम्मान छ ।
सामान्य अंग्रेजी भएको युवालाई राखेर पनि उनिहरुले बर्षौं व्यापार गरिरहेका छन् । नेपालमा पनि चाइनिजहरु व्यापार गर्न जान्छन । उनीहरु नेपाली र अंग्रेजी केहि जान्दैनन् । चाइनिज नै बोलेर नेपालका ठाउं ठाउंमा गैर व्यापार गरेकै छन् । यो सबै उत्पादन, ब्यबस्थापन र हिम्मतको कारण सम्भव भएको भन्ने मेरो ठहर छ ।
२०११ देखि २०१९ सम्म आउँदा यो बिचमा कति पटक न्यूयोर्क आउ जाउ भए होला, न्यूयोर्क धाउने क्रममा कति जुत्ताका सोल फाटे होलान । कहिले घाम परेको बेलामा गएँ कहिले पानी परेको बेलामा गएँ । कति काम बने कति काम बिग्रिए । कहिले उत्साही भएँ कहिले हतोत्साही भएँ । कहिले उज्यालो मनले बस चढें कहिले अँध्यारो मनले बस चढें । यी मेरा कुरा भए । तर बस चढने र झर्ने बेलामा म भने सबै कुरा बिर्सेर उही चाइनिज साथीको कामप्रतिको सम्मान, सस्कार र निरन्तरतालाई झ्याप्प सम्झन्छु । उ र उनीहरुको यहि लगन र यहि पनको सम्मान गर्दै आफ्नो कार्यमा ईमान्दार हुन सिक्न खोजीरहेछु ।
कुश्मा नगरपालिका ७ खरेहा, पर्बत
हाल: बल्टिमोर अमेरिका
प्रकाशित मिति :माघ १५, २०७५ मंगलवार -
०८:३५:३५ बजे