Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनमा लोकतन्त्रबादीलाई सहयोग गरौँ -बिष्णु सुबेदी

एनआरएनमा लोकतन्त्रबादीलाई सहयोग गरौँ -बिष्णु सुबेदी

सतीश चापागाईं

१५, माघ २०७५
images
आदरणीय साथीहरू ! धेरै भुमिका नबॉंधी म सिधै मुख्य बिषयमा नै प्रवेश गर्न चाहान्छु, भनिन्छ नि कुनैपनि संघ, संस्था वा बिचार र आस्थामा मानिसको लगाब हुनुको पछाडी निश्चित कुरामा उ स्वंयम् को प्रतिबद्धता र स्वाभिमानले उसलाई भित्रै देखि समर्पित गरेको हुन्छ। हामी हाम्रो जन्नभुमिमा रहँदा बस्दा कुनै न कुनै संघ-संस्था र राजनितिक आस्थाबाट प्रभाबित थियौ र सोहिनुसार सकृय पनि भईयो, तर अहिले हामी हाम्रो भूगोल भन्दा निकै टाढा सात समुन्द्र पारी छौ र यहाको भाषा, नयॉं समुदाय, परिस्थिती र दैनिक जीवनलाई सहज बनाउनमा हामीले पहिले आफ्नो महत्वपुर्ण समय खर्चिएका छौ र खर्चिनु पनि पर्दछ। त्यसको अवला हामीसंग बॉंचेको समयको केहि हिस्सा यहॉं सकृय संघ संस्थामा रूचिनुसार खर्चिने गरेका छौ, त्यो मध्येको अमेरिकामा नेपाली समुदायका बीच सबैभन्दा पहिले सबैभन्दा धेरै राज्यहरूमा फैलाउन रात दिन हिडेकोमा म आफुलाई गर्व लाग्छ । यसरी धेरै राज्यहरूमा नेपाली जनसम्पर्क समिति, अमेरिका फैलिएको थियो, छ र रहला पनि ? तर आज यो संस्था किन यति धेरै सुस्ताएको र नेपाली समाजका हरेक गतिबिधिका बारेमा संस्थागत चासोबाट बिमुख हुदैछ भन्नेमा हामीले समयमा ध्यान दिन सकेनौ र त्यो या यो बाहानामा संस्थाको नेतृत्व रोमली रहँदा यसको फाईदा कसैले लिदैछ भन्नेमा ध्यान जान जरूरी छ। नेपाली जनसम्पर्क समितिमा आबद्ध यति धेरै मानिसको नेतृत्व गरेका हामी आफ्नो ब्यक्तिगत स्वार्थ र हितका लागि मात्र यस संस्थालाई दाउपेचमा राख्ने प्रबृत्तिलाई आज हामीले चिर्न सकेनौ भने यसको प्रत्यक्ष असर हाम्रो आस्था धरोहरको प्रतिक हामीले अंगिकार गरेको बिचारमा पर्नेछ भन्नेमा अब कुनै शंका रहेन। आफु बसेको भूगोल, आफुले नेतृत्व गरेको संस्था र यहॉंहुने नेपाली समुदायको गतिबिधि र कार्यक्रमहरूमा सकरात्मक र रचनात्मक सहयोग र हातेमालो गर्दै आम लोकतन्त्रबादीलाई एकढिक्का बनाई अगाडी जानसक्ने अॉंट, क्षमता र शाहस हामीले गर्न सक्नु पर्दछ। नेपालको राजनितिक गतिबिधीमा मात्र स्वरमा स्वर मिलाएको ढॉंचाको बक्तब्यबाजीले मात्र जनसम्पर्क समिति अमेरिकाको कर्तब्य पुरा हुदैन, त्यसको निम्ति आफु रहेको र बसेको भूगोलमा हुने सामाजिक, राजनितिक र सार्बजनिक बिषयमा पारदर्शिक र परिपक्क निर्णय गर्न सक्नु पर्दछ। कुनै कोठा र कुनामा बसेर कसैलाई आश्वासन दिनका निम्ति संस्थालाई उपयोग गर्ने कोशिष कसैका लागि छुट र क्षम्यहुनेवाला छैन। यो नेपाली जनसम्पर्क समितिको उदेश्य, लक्ष्य र गन्तब्य भनेको कुनै अमुक ब्यक्ति बिशेषको माथि चढ्ने भर्यागं बनाउने मात्र भन्दापनि यहॉं रहेर सबै लोकतन्त्रबादी नेपालीहरूलाई एकजुट बनाई मातृभुमिमा हुने लोकतन्त्र बिरोधी निर्णय र गतिबिधिमा होसियारी पुर्वक निरन्तर खबरदारी गर्नु नै हो। त्यसैले यो बिचारद्धारा सिंचित संस्था हो, यसको मुख्य बिचारसंग बॉंझिने खालका प्रबृत्ति र ब्यक्तिसंगको हातेमालो हामी कोहिपनि लोकतन्त्रबादीका लागि सह्रय हुने कुरा छैन, नेपाली जनसम्पर्क समिति अमेरिका “चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिड” अब यसमा कसैले दुबिधा लिनुपर्ने छैन, हामीले हाम्रो संस्कार र बिचारका बिरूद्धमा गरिने निर्णय र गतिबिधिलाई चिर्न सक्ने ताकत राख्न सक्नु पर्दछ। तर्सथ प्रजातन्त्रमा विश्वास राख्नुहुने सम्पूर्ण साथीहरूलाई एनआरएनए अमेरिकामा सक्रिय भुमिकामा रहन र सदस्यता लीई दिनु हुन समेत अनुरोध गर्दछु । अन्तमा आवश्यकता अनुसार म तपाईहरूसंग निरन्तर सम्पर्क रहने नै छु र रहिरहने छु। यहॉं हुने हरेक गतिबिधिहरूमा र नेपालमा कम्युनिष्ट सरकारको मनोपलीतन्त्रलाई निरूत्साही गर्दै नेपाली जनताहरुको लामो संघर्षबाट स्थापित लोकतान्त्रिक मुल्य र मान्यतालाई अक्षुण राख्न हामी सबैले आजैबाट स्वच्छ भावानाले सकरात्मक पथमा हिड्ने प्रण गरौ। जय नेपाल । (बिष्णु सुबेदी नेपाली जनसम्पर्क समिति अमेरिकाका पुर्ब संयोजक हुन् ।)

images
प्रकाशित मिति :माघ १५, २०७५ मंगलवार - ११:५०:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend