Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

स्मार्ट फोन(कविता) -सबिता अधिकारी

स्मार्ट फोन(कविता) -सबिता अधिकारी

सतीश चापागाईं

१९, फाल्गुण २०७५
images
एउटै घरको परिवारमा, भेटघाट छैन ठ्क्कै खाने, खेल्ने, हिड्ने, डुल्ने सबै एक्लै एक्लै छोराछोरी आफ्नै सुरमा, बुडाबुडी उही हो ताल यसै गरी बित्या होलान्, सबका घरमा २/४ साल पैले मनका कुरा बोल्न, आउथे चिठी हुलाकबाट अहिले सबै कुरा हजुर, खुल्छन् घरकै चुलाबाट पैले गाउँमा काँचै सक्थे, डाला भाँची फलफूल अहिले बोटमै पाकी सड्दा, भेटिदैनन् खानी हुल गाउँघर मेला पात, खेतलाको भरमा घर घरमा वोलाउदै गैन्थ्यो लाइन्थ्यो पर्म हिजो आज फोनबाटै, आईज भन्छन् काममा सारै सौखिन भाछन् गाउँमा, स्मार्ट फोनको नाममा कता गए हाम्ले खेल्ने, खुट्टी,चुंन्गी,गोटी यूटुव बाटै गेम खेल्दै, रम्छन् केटा केटी नत बोल्छन्, नत सुन्छन्,बनिसके लाटो बिकल्प केही आउलाकी,स्मार्ट फोनको साटो कस्तो रैछ फोनको भाडो,एक्लै एक्लै रम्नी कैले होला पैले जस्तै, सबै संगै जम्नी घरमा संगै २/४ घण्टा, हुँदा छैन बोलचाल समयले फड्को मार्यो, सबै फोनमै भुल्छन् बाल्टिमोर, अमेरिका

images
प्रकाशित मिति :फाल्गुण १९, २०७५ आइतवार - १६:०१:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend