Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

फोन उठाउने मान्छे तोकेर थाले राजदूतले काम

फोन उठाउने मान्छे तोकेर थाले राजदूतले काम

सतीश चापागाईं

२८, फाल्गुण २०७५
images
युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपालका नवनियुक्त राजदूत कृष्णप्रसाद ढकालले दूतावासको फोन उठाउने जिम्मेवारी एकजना कर्मचारीलाई तोकेर आफ्नो कामको सुरुवात गरेका छन् । नेपालका विदेशस्थित दूतावासले फोन नै नउठाउने गरेको भनेर गुनासो आउने गरेकोले आफूले फोन उठाउने कामको जिम्मेवारी दूतावासका कर्मचारी पुष्कल लामालाई दिएको उनले जनाएका छन् । राजदूत ढकालका अनुसार दूतावासको फोनमा कार्यालय खुलेको दिन बिहान १० देखि ५ बजेसम्म सम्पर्क गरेर गुनासो गर्न वा दूतावासले प्रदान गर्ने विभिन्न सेवा सुविधाबारेमा सोधपुछ गर्न सकिनेछ । उनले त्यसका लागि उनले सम्पर्क नम्बर पनि तोकेका छन् । बाह्रखरीडटकमबाट

images
प्रकाशित मिति :फाल्गुण २८, २०७५ मंगलवार - १३:३६:४२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend