Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

किनकी म छोरी हुँ -सबिता अधिकारी

किनकी म छोरी हुँ -सबिता अधिकारी

सतीश चापागाईं

२४, चैत्र २०७५
images
छम छम बज्ने मेरा यी खुट्टाका पाउजुहरू आज चुपचाप गमक्क बनेकाछन् किन की अब म कसैकी छोरी हैन, “बुहारी” हुँ | मुस्क्क हाँस्दै सबैसंग बोल्ने यि चुच्चे थुतुनाहरू आज चुपचाप चपक्क बसेकाछन् किन कि अब म कसैकी छोरी भैन, “श्रीमती” हुँ | साथी संगीहरूसंग खेल्दै रमाउदै रम्मे मनहरू आज फेरी बन्द ढोका भित्र थुनिएका छन् किन की आज म कसैकी साथी हैन, “भाउजु” हुँ | रोज़ी रोजी मिठो खाएर टुन्न बन्ने यी आन्द्राहरू आज पेट भित्रै दपिएर बसेका छन् किनकी आज म कसैकी बच्ची भैन, बच्चाकी “आमा”हुँ | सिमा रेखा छुट्टै कोरिएको छ मेरो, बोल्ने आवाज़ सबै रोकीएको छ मेरो किनकी म छोरा सरहकी, “छोरी”कैले भैन, किनकी म लोग्ने सरहकी “श्रीमती” कैले भैन अधिकार छ याहाँ तर “आधार” छैन, बेवस्था छ यहाँ तर “बेवस्थापन” छैन तेसैले त म भन्दै छु, “छोरा” सरहकी म “छोरी” कैलै भैन “छोरा” सरहकी म “छोरी” कैलै भैन ।

images
प्रकाशित मिति :चैत्र २४, २०७५ आइतवार - १९:३१:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend