Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

संघर्ष प्रयासीका चोटिला मुक्तकहरु

संघर्ष प्रयासीका चोटिला मुक्तकहरु

सतीश चापागाईं

११, बैशाख २०७६
images
  मुक्तक -१ ठूलाबडाको गल्तीमाथी गल्ती यस्तै छ सधै ढाकछोप गर्ने चलनचल्ती यस्तै छ लोभीको भाँडो सधै त उभिन्डो भन्छन्, कहिल्यै नभरिने रित्तो खल्ती यस्तै छ । मुक्तक -२ हो विगतका यादहरु टन्न भएपछि बिर्सेर नै जानेहरू प्रसन्न भएपछि जिन्दगीको तराजु ढल्कियो एकातिर, कोही सम्पन्न कोही विपन्न भएपछि । मुक्तक -३ सुख काट्ने सपना कोर्दाकोर्दै जीवन जान्छ कि ? दिनदिनै बाँझो धर्ती कोर्दाकोर्दै जीवन जान्छ कि ? यहाँ हुँदा खाने हो बचत गर्ने कुरा त प...रको भो, दुई छाक हात-मुख जोर्दाजोर्दै जीवन जान्छ कि ? मुक्तक -४ चिम्टी सिन्दूर लगाएसी दासी भन्ने कत्ति महान छौ टन्न चाहनाले अघाएसी बासी भन्ने कत्ति महान छौ आखिर तिमी पुरुष न हौ जात पनि जनाइहाल्यौ, सारा मेरो जिन्दगी नै नासी भन्ने कत्ति महान छौ । मुक्तक -५ विश्वास गर्न गाह्रो यहाँ भर नभएसी जसले जे गरे नि हुन्छ कसैको डर नभएसी एकअर्काको समभाव पनि किन चाहियो र ? सहयोग गर्ने एकआपसमा कर नभएसी । - संघर्ष प्रयासी छत्रकोट गा. पा. -१ हुँगा, गुल्मी । ( - संघर्ष प्रयासीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख ११, २०७६ बुधवार - २०:०५:२२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend