Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

सुचिता काफ्लेका ५ बेजोड मुक्तकहरु

सुचिता काफ्लेका ५ बेजोड मुक्तकहरु

सतीश चापागाईं

१२, बैशाख २०७६
images
मुक्तक -१ दुश्मन रेट्ने खुकुरीलाई धार लाउनुपर्छ जान्ने भै गरेको व्यवहार पार लाउनुपर्छ लुकिछिपी लाको माया नगर्नु है खुलेयाम लाग्न सक्छ नजर कसैको बार लाउनुपर्छ । मुक्तक -२ फूललाई सधैं मायाँ गर्ने लाग्छ, मलाई माली राम्रो पराईको आशिर्वादभन्दा आफन्तको गाली राम्रो अरूमाथि बुई चढेंर जित्नेलाई स्याबासी दिनुभन्दा आफैले खेलेर हार्दा पाउने उत्साहजनक ताली राम्रो । मुक्तक -३ चाँदनीको चाहनामा औंशीको त्यो रात पाएँ आफन्तहरूबाटै मैले साह्रै नमिठो घात पाएँ सोंच्नै सकिन रतिभर पनि यतिसम्म हुन्छ भनी साथ दिई हिँडाउने ठाउँमा लडाउने मात्रै हात पाएँ । मुक्तक -४ तिम्रो मेरो चुलोमा बल्ने आगो ओदन एउटै हो सस्तो महंगो मोटो मसिनो खाने भोजन एउटै हो न त आत्मा फरक छ हाम्रो न त प्रभु परमात्मा नै सुख-दुःख, हाँसो-खुशी पिंडा रोदन एउटै हो । मुक्तक -५ कहिंलेकाही अरूको पनि दुखेको घाउ चोटलाई हेर बाह्रैमास शित्तल दिने वर र पिपलको बोटलाई हेर सुन्दरता नै ठूलो होइन जस्तो छौ तिमी उसैमा रमाऊ नपत्याए रातमा देखिने चन्दमाको खोंटलाई हेर । - सुचिता काफ्ले सुकेधारा, काठमाण्डौं । ( - सुचिता काफ्लेका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख १२, २०७६ बिहिवार - १६:०९:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend