Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

स्व. कृष्ण पहारीका मुक्तकहरु

स्व. कृष्ण पहारीका मुक्तकहरु

सतीश चापागाईं

१२, बैशाख २०७६
images
मुक्तक -१ देशलाई बर्बाद पारेर, छाड्नु भयो हजुर नेता बनेर त सबै कुरा, भाँड्नु भयो हजुर अन्याय अत्याचार र शोषणमा लागेर दु:खी गरिबहरुको छाला, काड्नु भयो हजुर । मुक्तक -२ कर्कलाको पातमा टल्पलाएको पानी हो जिन्दगी जसले जे भनोस् दुई दिनको कहानी हो जिन्दगी गाँस, बाँस र कपासकै खातिर सधै लडिरहेको एउटा सशक्त र देशभक्तको लगानी हो जिन्दगी । मुक्तक -३ कुर्सी पाए पछि त यहाँ, सबै कुरा मेल भयो राजनीतिमा अचेल क्या गजबको खेल भयो लोकतन्त्र ल्याउनलाई कति यहाँ सहिद भए तिनै सहिदको सपना आज यहाँ फेल भयो । मुक्तक -४ नारीमाथी सधै दमन गर्छन् लोग्ने मान्छे त्यसैले त सधै पछि पर्छन् लोग्ने मान्छे छातीमाथी राख्नै पर्ने, सधै गोडा ढोग्नै पर्ने नारीबिना यो संसारमा, मर्छन् लोग्ने मान्छे । - स्व. कृष्ण पहारी पोखराथोक, पाल्पा । मुक्तक सागरका लागी (- स्व. कृष्ण पहारीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :बैशाख १२, २०७६ बिहिवार - २१:४७:०३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend