Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

विवाहपछि यस्तो घटना घट्न पुग्यो कि युवक जेल जाने अवस्थामा

विवाहपछि यस्तो घटना घट्न पुग्यो कि युवक जेल जाने अवस्थामा

सतीश चापागाईं

१४, बैशाख २०७६
images
तस्बिर: एजेन्सी काठमाडौं । कहिलेकाँही संसारमा निकै अनौठो लाग्ने समाचारहरु आउने गर्छन् । यसै सिलसिलामा २३ वर्षीय युवकले ९१ वर्षीया वृद्धासँग विवाह गरेको समाचारले प्राथमिकता पाएको छ । विवाहपछि यस्तो घटना घट्न पुग्यो कि युवक जेल जाने अवस्थामा समेत पुगेका थिए । २३ वर्षीय उक्त युवक आफ्नो पढाइ पूरा गर्ने चक्करमा थिए तर उनीमाथि आर्थिक समस्या बढ्दो क्रममा रहेको थियो । यस्तोमा उनको पढाइको लागि आवश्यक खर्च जुटाइदिने शर्तमा वृद्ध महिलाले आफूसँग विवाहको प्रस्ताव राखेकी थिइन् । युवकले आफ्नो लागि निकै राम्रो उपाय रहेको भन्दै उक्त प्रस्ताव स्वीकार गरेका थिए । यस्तोमा महिलाले आफूलाई मिल्ने पेन्सन पनि आफ्नो शेषपछि भर्खरै पति बनेका युवकलाई दिने बताएकी थिइन् । यद्यपि उनीहरु हनिमुनको लागि गएको अवस्थामा बिछ्यौनामा नै महिलाको ज्यान गएको थियो । महिलाको निधन भएपछि युवक पेन्सनको दाबी गर्न पुगेका थिए तर अधिकारीहरुले युवकलाई महिलाको पेन्सन पाउनका लागि विवाह गरेको आरोप लगाएका थिए । युवक जेल जानेसक्ने अवस्था पनि आएको थियो तर उनी जेल जानबाट भने बचेका थिए । हाम्राकुरा डटकमबाट

images
प्रकाशित मिति :बैशाख १४, २०७६ शनिवार - २२:४५:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend