श्री विद्यादेबि भण्डारी ज्यू
महामहिम राष्ट्रपति,
विषय:- “मेरो स्कूल” भनिदिइ पाऊँ।
महोदय,
श्रद्धापूर्ण नमस्कार,आराम, कुशल हुनूहुनछहोला। बाग्लुङ्ग ज़िल्ला बा.न.पा. १२ स्थित पूर्बवत श्री पृथ्वी मा.बि. अमलचौर स्कूल उट्घाटन गर्ने निम्तो स्वीकार ग़र्नु भयको रहेछ। बाग्लुङ्ग ज़िल्ला कै राजनीतिक केन्द्र बलेवामा हजुरलाई हार्दिक स्वागत छ। विद्यादेबि भण्डारी, हजुरको यो नामथर, हजुरलाई प्राप्त पारिवारिक राजनैतिक विरासत र वर्तमान २/३ सरकारको जगमा राष्ट्र प्रमुख जस्तो गरीमामय पदमा पदासिन रहनुभयको कुराको राम्रो हेक्का होला। जिम्मेवारी र उतरदायीत्वको हिसाबले नेपाल सरकारलाई “मेरो सरकार” भनेर सम्बोधन गर्न पाऊने हजुरलाई हक़ छ। त्यो हक़ हजुरको फ़ेमिलि लिगेसी र हजुरले पूर्ववत प्रतिनिधित्व गर्ने पार्टीलाई तिर्न बाक़ी क्रेडिट बैलेन्स मात्र होईन होला । भलै ने. क. पा. डबल इतरले सरकार

निर्माण गरेको अवस्थामा हजुरलाई यो जिम्मेवारी प्राप्त हुँथ्यो-हुदैंनथ्यो तेसतर्फ नज़ाऊ। राष्ट्रप्रमुखले आफ़नो सरकारलाई मेरो सरकार भनेर सम्बोधन गर्दा मलाई नराम्रो लागेको छैन। मदन भण्डारी हुदो हुन त उनले के भनि सम्बोधन गरथे होला भनेर पनी म प्रश्न ग़र्दिन । त्यसतीर पनी नज़ाऊ किनकी आज मेरो तर्क त्यसतर्फ छैंन। मैंले आज हजुरले मिति :२०७६/०१/२३ गते हस्तांतरण - उत्घाटन गरदै ग़र्नुभयको स्कूलसंग जोडेर हजुर र हजुरको जिम्मेदारीपूर्ण ध्यानाकर्शण होस भन्ने तर्फ़ तर्क पेश गरदै छु।
हजुरबाट बिद्यालयको उट्घाटन गराउन पाऊँने सुवर्ण अवसर हामीहरूलाई प्राप्त भयको छ। हुनत यस्ता उदघाटनका अनुरोधहरू हजुरलाई आइनै रहन्छन होला ।उपलब्ध समय र कार्यव्यस्तता हेरर हज़ुरबाट बिभिन्न सामाजिक - सांस्कृतिक कार्यक्रमको उत्घाटन हुने गरेको समाचार पढ़ने- देखने गरेको छु। हजुरले गरेको लिफ्ट उदघाटन र कृषि फ़ार्मको अवलोकन मलाई मन नपरेको कार्यक्रम हुन। हजुरले तेसो नगरेको भय राम्रो हुन्थ्यो।हजुरले ग़र्नुभयो वा हजुरलाई गराईयो । फेरी पनी ठीकै छ। प्रसार प्रचार नकारात्मक धेरै भयको मात्र हो ।
हजुरलाई नया महारानी भनेर प्रचार गर्नेहरू पनी छन।मलाई दुःख लाग्छ। कहिले क़ाहि हजुर महिला भयको कारणले हेपेका हुन/छन ज़स्तो पनी लाग़्छ। तर प्रशॉसन र राजनीतिशास्त्रको बिध्यर्थी भयर होला मैले हजुरलाई व्यक्ति भंदा पनी संस्थाको रुपमा हेर्न खोजछु-देखछु। येता पनी नज़ाऊ। जाऊँ त उतै स्कूलतीर जाऊँ ।
पक्कै पनी एउटा सुदूर गाऊँको स्कूलको व्यवस्थापन समितिको अध्यक्ष वा प्र. अ. को पत्र प्राप्त भयर मात्र स्कूल उदघाटन गर्न हजुर तहाँ पुगनु हुदैछ भन्नेमा मलाई विश्वास छैन, भलै म ग़लत हुन सकछु। किस्तीमा पत्र राख़ेर हजुरको बाहूलीमा थमाऊँन क़ेही प्रबुद्ध राजनीतिक, सामाजिक र व्यापारिक व्यक्तित्वको भूमिका छ भनेर अनुमान नगर्ने प्रस्न नै भयन। यो क्षेत्र व्यवसायी चन्द्र ढकाल, बिज्ञ डा. हेमराज़ ढकाल, मा.डा.सूर्य पाठक, मा. देवेंद्र पौडेल, मा. दीनानाथ शर्माहरूको प्रतिनिधित्व रहेको हो । उहाँहरूसंगको ब्रीफ़िंग र रिफेरेंसमा हजुरले उक्त बिध्यालयको कार्यक्रम बनाऊँनु भयो भन्ने अनुमान गर्न सजिलो छ ।हजुरले तहाँको सीडीओ, शिक्षाधिकृत, नगरप्रमुख, वडाध्यक्ष इत्यादिबाट सूचना लियर तहाँ पुगने निर्णय दिनुभयो भन्ने मलाई लाग्दैन। भलै उपयुक्त कसैबाट पनी स्कूलको कार्यक्रममा असहयोग होला वा फरक सूचना संचार होला भन्ने मेरो आशय होईन। मेरो मूल प्रस्न र यो पत्रको आशय बाक़ी नै छ। त्यों बिल्कुल फरक छ।
महामहिम ज्यू ,
स्कूलको विगत- वर्तमान के हो ? भन्ने सन्दर्भमा हजुरले जानकारी राख़्न आबश्यक छ।तेसको लागी हजुरको सूचनाको स्रोत माथि उल्लेखित पात्र देखी अलग कोहि-क़ेही होला भन्ने लाग्दैन। फेरी हजुरको लागी उल्लेखित सबै अनुहार चिरपरिचित र प्रतिष्ठित छन। संका गरिरहनु पर्ने पनी देख़िदेंन।
चन्द्र ढकालको क़रीब ७ करोड़ बैयत्तिक सहयोग लग़ानीमा बिध्यालयको भौतिक संरचना सम्पन्न भैसकेको छ। पूर्व बिध्यर्थीहरूको नेतृत्व लिदै देश-विदेशबाट ५० लाख बेसी जम्मा पारी अक्षयकोष बनाय - डा. हेमराज ढकालले। दीनानाथ शर्मालाई सबैले गुरु भन्छन । ऊनी पूर्व शिक्षा मन्त्री हुन। हाल रास्टिय सभा सदस्य छन। यतै जन्म भयपनी आफ़नो क्षेत्रदेखी बाहीर राजनीतिक कार्यक्षेत्र बनायका देवेन्द्र पौडेल “सुनील” पूर्ब प्र. म. बाबूराम भट्टराईका सल्लाहकार थिए। अहिले ऊनी बागलूँङ -२ बाट प्रतिनिधि सभा सदस्य हुन। उनको श्रीमती बलवती शर्मा पनी केंद्रीय राजनीतिमा सक्रिय छन।डा. सूर्य पाठक यहीस्कूल क्षेत्रको प्रतिनिधित्व गर्ने एक आशालाग़्दा प्रतिनिधिसभा सदस्य हुन।
महामहिम ज्यू ,
यी माथि उल्लेखित पात्रहरूको उक्त विद्यालयप्रतिको दायित्व र ज़िम्मेवारी के थियो ? के हो ? अहिले यिनीहरूको स्वार्थ के हो ? कसकों स्वार्थ बेसी र कसकों कमी छ ? धरै स्वार्थ राख़्नेवालाको जग के हो ? यिनीहरूबीच के अन्तर सम्बन्ध छ वा छैन ? लगायत धेरै प्रस्नहरू छन ज़ुन स्थानीय बासिंदा बीच जगज़ाहेर छ। चन्द्र ढकालको सम्पतिको स्रोत के हो ? भनेर प्रस्न गर्ने मेरो औक़ात छैंन। म यो प्रस्न ग़र्दिन पनी। चन्द्र ढकाल , दीनानाथ शर्मा र देवेन्द्र पौडेलबीच ग़ाऊले र छिमेकि सम्बंधमात्र छ वा अरु क़ेही छ-गाड़ी र घडी -उपहार लेनादेना, परपैचो ? इत्यादि भन्ने प्रस्न पनी राखदिन ।बिध्वान र बिदेशमा बस्ने डा. हेमराज़को के पो स्वार्थ होला ? की ऊनी नै यो सबका सबको रणनीतिकार हुन ? डा.सूर्य पाठकको के स्वार्थ होला र ? बरु ऊनीसंग यी सम्पूर्ण कुराको छिनोफ़ानो किन गर्दैनन भन्ने गुनासो छ।

यसअघी दक्ष पौडेलले आफ़नो बाबुको स्मृतिमा पुस्तकालय निर्माणगरी संचालनमा ल्याएका छन । मोटै रक़म ख़र्चेका दक्ष पौडेलको विद्यालयसंग जोडेर लेनदेनको कुँनै स्वार्थ देखायनन,अर्थात उनले ढकाल ज़स्तो डील गर्न सकेनन वा सहयोगलाई निशर्त बनाय।
महामहिम ज्यू ,
जनमानसमा सृजत उल्लेखित प्रस्नहरूको जवाफ़ लीने हजुरसंग स्रोत छ भने लिनुहोला। कम्तिमा उनीहरूको १५-२० वर्षको यात्रा के-कस्तो हो भनेर डा.सूर्य पाठकलाई सोध्नुहोला। उनको जवाफ़ चित्त बुझे , स्कूल उदघाटन ग़र्नु होला।”मेरोस्कूल” भनिदिनु होला।अनि स्कूल हजुरको हुनेछ।
टुकराज शर्मा
पूर्व बिद्यार्थी (हाल अमेरिका)