प्रिय साहित्यप्रेमी महानुभावहरू,
कृपया, सहभागी भई आफनो “हास्य-व्यंग्य “ कविता मे ( MAY 31 सम्ममा ) महिना भित्रमा पठाई सम्मेलनमा वाचन गरि दिनु होला । हार्दिक धन्यवाद ।
कविता email मार्फ़त पठाउनु होला, कृपया
anakabitapratiyogita2019@ gmai.com
Or,
[email protected]
* उत्तर-अमेरिकी प्रथम हास्य-व्यंग्य कविता प्रतियोगिता महोत्सव
यहि आउदो जुलाईको ५,६ र ७ मा हुने अमेरिकी रास्ट्रिय सम्मेलनमा विभिन्न आकर्षक कार्यक्रमहरु मध्ये अन्तराष्ट्रिय साहित्य समाज सँगको समन्वयमा नेपाली साहित्य अन्तर्गत "हास्य-व्यंग कविता प्रतियोगिता" हुन गैरहेको सहर्ष जानकारी गराउन चाहन्छु। उक्त कार्यक्रममा उत्कृस्ट कविहरुलाई नगद पुरुस्कारको साथै सम्मान-पत्र पनि प्रदान गरिने छ।
प्रतियोगितामा सहभागी हुन निम्न शर्तहरू लागु हुनेछन:
१: कविता नेपाली भाषामा लेखिएको हुनु पर्नेछ,
२: उत्तर अमेरिकामा स्थाई बसोबास गरेका नेपाली मुलका व्यक्तिहरुले मात्रै प्रतियोगितामा भाग लिन पाउने छन,
३: कविता अप्रकाशित हुनु पर्नेछ,
४: उत्कृष्ट ३ कवितालाई पुरष्कृत गरिनेछ,
५: पुरस्कारको राशि क्रमश: $३००, $२५० र $२०० नगद तथा प्रमाणपत्र रहनेछ,
६: कविता मे ३१ सम्म मा निम्न ठेगाना मा आईपुग्नु पर्नेछ,
७: उत्कृस्ट कवितालाई मूल कार्यक्रममा वाचन गर्न दिईनेछ,
८: पुरष्कार सम्बन्धी अन्तिम निर्णय निर्णायक मण्डलको हुनेछ,
९: राष्ट्रीयता, धार्मिक, जातीय तथा अन्य कुनै सामाजिक सहिष्णुता भडकाउने कवितालाई कार्यक्रममा सहभागी गरिने छैन,
१०: कार्यक्रम सम्बन्धी अन्य बिष्तृत जानकारी पत्र-पत्रिका मार्फत पनि सार्वजनिक गरिनेछ।
* अझ विस्तृत जानकारीका लागि:
कार्यक्रम संयोजक
डा. दुर्गा दाहाल
Director for publications & communications, ANA
BOT advisor, INLS
Phone: (408) 718 3278
Email: [email protected]