३१, श्रावण २०७५
“हिन्दु जागरण नेपाल अभियान” हिन्दु धर्म बचाऊ अभियान भएपनि अरु धर्मलाई पनि ऊत्तिकै सम्मान गर्नका खातिर बनाईएको अभियान हो।सबै धर्म संस्कृति को संरक्षण सहित सबैमा भात्तृत्व विकास होस् कुनै पनि धर्म एक अर्काको विरोधी हुन् भन्ने भावना हटोस् भन्ने मनसायका साथ अगाडी बढेको अभियान “हिन्दु जागरण नेपाल”का सदस्य शालिकराम भण्डारीसगँ पत्रकार बिश्वबन्धु भण्डारीले गरेको कुराकानीको केही अंश तल प्रस्तुत गरिएको छ।
वैदिक गुरुकुल शिक्षा कस्तो शिक्षा प्रणालि हो ?
प्रकृतिलाई बिनाश नगरि चराचर जगतको भलो हुने काम गर्नु नै वेद सम्वत ज्ञान हो र यहि नै सनातनि ज्ञान हो। मुलत वेदमा भयका ज्ञान गुरुहरुको पारिवारिक स्नेहमा लिनु नै वैदिक गुरुकुल शिक्षा प्रणाली हो ।
आधुनिक शिक्षा र वैदिक शिक्षामा के फरक छ ?
आधुनिक शिक्षा माक्समुलरको शिक्षा हो विधा हैन । विधाबाट अस्टाङ्ग योग बाहिर निकाल्यौ जस भित्र यम, नियम, आसान प्रणायाम प्रत्याहार , धाराणा , ध्यान र समाधि पर्दछन्। यम भनेको अहिंसा हो, सत्य वोल्नु हो, धर्ममा रहनु , व्यभिचार नगर्नु, ब्रह्माचार्य वस्नु वा बर्मा आचरणमा लुट, झुट, भ्रष्टाचार, छल कपट पर्दैन । यी विधाबाट निका्ल्दा केवल शिक्षा बाकि छ त्यसैले विधालय हैन शिक्षालय हुन, शिक्षक र शिक्षार्थि हुन । पढाइबाट अहिंसा, सत्य निकाल्दा नै आज संसारमा हिंसा फैलिएको छ। विकसित राष्ट्र हुन वा विकाशोन्मुख राष्ट्र सबै हत्या आतङ्कबाट तर्सित छन, कारण विधाबाट अहिंसा, सत्य निकालेर हो। अपरिग्रह-धनको जगेर्ना नगर्नु, भोगमा लिप्त नभएर धन धर्म रक्षाको लागि खर्च गर्नु हो । यो नै आज भष्ट्राचार मौलाएको छ।हत्या हिंसा बलात्कारका घटना बढेका छन ।
आधुनिक स्कुल र बोर्डिंग स्कुलमा महङ्गो शिक्षा युरोपियन शिक्षा पढाइएको छ यसलाइ के भन्नु हुन्छ ?
आधुनिक शिक्षा ब्यवसायिक शिक्षा बन्धनमा बधिने शिक्षा हो । शिक्षा भनेको बाचुन्जेल आन्नद र दुखबाट मुक्ति दिने शिक्षा हुनु पर्दछ। तपाईं हामी हाम्रा सन्तानलाई कुन शिक्षा दिदै छौरु जुन शिक्षाले आफ्नै जिवनमा के खान हुन्छ हुदैन भनेर ज्ञान दिदैन, समाजका विकृति ,कु संस्कारको विरोध गर्न सक्दैन,बाटोमा रक्सि खाएर अपशब्द बोल्दै हिड्नेको विरोध गर्न सक्दैन, आफ्नै समाजका दिदी बैनि लाई सम्मान गर्न सक्दैन, १० पढ्दा ९५५ ल्यायर पास भयको बिधार्थि चुरोट रक्सि र कुलतले १२ मा उत्तीर्ण हुन सक्दैन । आफ्नै जन्म दिने आमा बाबा लाई त ( सुड्डो) भन्न सिकाउने शिक्षा ?
जस्ले राष्ट्र राष्ट्रियताको बारेमा बोल्न सक्दैन, जातिय छुवाछुतको बारेमा वोल्न सक्दैन के त्यस्तो शिक्षा पढायर तपाईं हाम्रो सन्तान लाई कुन बाटो देखाउदै छौरु हामी कमजोर छौं ,हामी निरिह छौं ,हामी निमुखा छौं । राम्रो सँग पढ्नु पर्छ, जागिर नपाए खानै पाइदैन भोकै मरिन्छ भनेर यो कस्तो शिक्षा पढाउदै छौं हामिले हाम्रा सन्तानलाइरु तर वैदिक गुरुकुल मा तिमी जीव आत्मा हौ अजर अम्मर छौ, हामी सनातनि हौ। भगवत गिता २/२० मा भनियको छ) अजो नित्यस् शाश्वतोयं पुराणे न हन्यते हन्यमाने शरीरूतिमी सुद् बुद्ध हौ, तिमिनै शिवशक्ति हौ, हामी श्री राम श्री कृष्ण र माहान ऋषिहरुका सन्तान हौं,हामीमा भगवानको अंश छ भनेर पढाइन्थ्यो भागवतगिता १५-७ मा श्री कृष्ण ले भन्नु भएको छ “ममैवांशो जिवलोके जिवभुतस् सनातनूजस्ले सत्य तर्फ आफै पाइला अघि बढ्छ । वेदका ६ अङ्ग (शिक्षा, कल्प,ब्याकरण,छन्द् ,निरुक्त र ज्योतिष मा केवल शिक्षा पढाइएको छ । आधुनिक शिक्षाले केवल २५ ले मात्र सरकारी रोजगार पाउँछन्। ९८५ बेरोजगार नै बस्नु परेको यथार्थ हो।
वैदिक गुरुकुलमा डक्टर पाइलट उत्पादन गर्न सकिन्छ ?
आधुनिक हस्पिटल ले एऊटा रोगको उपचार गर्दा अर्को अंग खराब गरेको हुन्छ। विश्वबाट बेच्न बन्द गरिएका हानिकारक र नयॉं औषधी जस्को परिक्षण नगरि सिधै नेपाली जनतालाई उपभोग गराऊंदा हजारौ सर्वसाधरण हस्पिटलको औषधिबाट बिरामी भएका छन, धष्तज यगत लयल खष्यभिलअभ, तचगतजागलिभकक बलम लयलकतभबष्लिन दिइएको शिक्षा बाट बनेका डक्टर, पाइलट, इन्जिनियर भतअ।। वयदक झन देशका लागि घातक हुन्छन । यहि शिक्षा प्रणालि ले नै धेरै हस्पिटलहरु बिरामी लुट्न पल्केका छन, डक्टर ज्ञण्ण् रुपयाको औषधिलाई हजारमा बेचेका छन ।नक्कलि डक्टर बनेर गलत औषधि दिएका छन । औषधिमा वर्षेनी खरवौं खरब पुंजी बाहिर गएको छ तर गुरुकुलमा आर्युवेद पढाइन्छ, जस्ले नेपाल मै भएका अमूल्य जडिबुटि पत्तालगाएर हरेक रोगको उपचार गर्न सकिन्छ । जसले देश सवल बन्नेछ । साथै गुरुकुलमा विमान शास्त्र, आयुर्बेद शास्त्र, चरक सहिदा जस्ता पुस्तकले डक्टर पाइलट, इन्जिनियर सबै बन्छन । आधुनिक शिक्षामा पढेर सर्वसाधरणलाइ लुट्न सिकाइन्छ भने वैदिक ज्ञान मा सेवा गर्न सिकाइन्छ यहि अन्तर छ। आधुनिक क्याल्कुलेटरले गर्न नसक्ने वा वौदिक वर्गलाइ घन्टौ लाग्ने हिसाबहरु वैदिक सुत्रअनुसार छिनभरमा समाधान गर्न सकिन्छ ।
वैदिक ज्ञान केवल हिन्दु वा सनातनिहरुको लागि मात्र हो ?
वैदिक वा सनातनि ज्ञान सर्वेभवन्तु सुखिनको आधारबाट चल्छ। हावा शुद्ध गर्न अक्सिजन दिने पिपल लगाउ भन्दा,जडिबुटिको खानी र अक्सिजन दिने तुलसि रोपौ भन्दा, हावा शुघ गर्न दिनहुँ होम गरौं भन्दा, जन्म दिने आमा बाबालाई सम्मान माया गरौँ भन्दा, निरोगि हुन खानपानमा ख्याल गरौं र योग गरौं भन्दा, ध्यानबाट राइट बेर्न यकटिभ हुन्छ सन्तानको तेजिलो बुद्धि गराऔं भन्दा हिन्दु धर्मको लागि मात्र नभई व्यक्ति र समाजको हितको लागि गरियएको हो । कुनै एक धर्म पन्थको लागि नभएर भलो चाहने सबैको लागि हो । स्याङ्जा जिल्लामा कालीगण्डकी ज्ञान विज्ञान परिषद्बाट श्री चैतन्य कृष्ण गुरुले चलाउनुभएको गुरुकुल योजनालाई सबै मिलेर सहयोग गर्नु जरुरी छ । प्रत्येक गाऊँपालिका नगरपालिकामा कम्तिमा एउटा गुरुकुल बनाउनु पर्दछ र सबै आमाबाबाले कम्तिमा १/२ वर्ष गुरुकुलमा सबै सन्तानलाई पढायर संस्कार सभ्यता नैतिकता साथै जिवन जिउन जिवन जिउने कला सिकाउनु पर्ने आजको आवस्यकता हो।
प्रकाशित मिति :श्रावण ३१, २०७५ बिहिवार -
२१:१०:१८ बजे