Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

स्कटल्याण्डको एबर्डीनमा कबि मुकुल दाहालको एकल कविता साँझ

स्कटल्याण्डको एबर्डीनमा कबि मुकुल दाहालको एकल कविता साँझ

सतीश चापागाईं

१४, जेठ २०७६
images
  एबर्डीन/ स्कटल्याण्ड/ बेलायत नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्ड तथा Poetry Group एबर्डीन को संयुक्त आयोजनामा कबि मुकुल दाहालको पहिलो एकल कविता साँझ कार्यक्रम सम्पन्न भएको छ। स्थानिय जिसस क्राइस्ट चर्चमा भएको उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो भने कार्यक्रममा अतिथिका रुपमा लन्डनबाट साहित्यकारहरु गोपी सापकोटा र बिजय सापकोटा सहभागी भएका थिए। एसोसिएसनका अध्यक्ष समेत रहेका नबिन क्षेत्रीले पोएट्री ग्रुप एबर्डिंनका तर्फबाट ढकालको बायोग्राफ़ी समेटिएको श्रब्य दृष्य प्रस्तुत गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए भने मधु सुबेदीले आफ्नो मन्तब्य मार्फत सहभागीहरुलाई स्वागत गरेका थिए।। उक्त पहिलो एकल कविता साँझमा दुई चरण गरि दाहालले बिभिन्न ८ वटा कविता बाचन गरेका थिए भने बिचमा स्थानिय गायक गायिकाहरु टक थापा, रेनुका ढकाल उप्रेती र सिमा दर्नालले गीत गाएका थिए। झापाको शनिस्चरेमा जन्मेका कबि मुकुल दाहालको विध्यालयस्तरको पढाइ पनि त्यही सम्पन्न भएको थियो । अध्ययनकै क्रममा धरान, विराटनगर र काठमाँडौंमा रहदा देखि नै साहित्यमा रुचि राख्ने उनि झापाकै सेरोफेरोमा अरू दुइ कवि साथिहरूको साथमा आविस्कार नामक एक काव्यिक आन्दोलनको घोषणा गरेका थिए जसको लक्ष्य कवितामा नयाँ पनको खोजी गर्नु रहेको थियो । धरानमा अत्यन्त धेरै साहित्यिक गतिविधि भइरहने कारणले पनि उनको साहित्यिक यात्रा उत्साहजनकरुपमा निरन्तर चलि रह्यो । काठमाडौमा कवि शैलेन्द्र साकारको साथमा नेपाली साहित्यि प्रकाशन "चिन्तन" मा सम्पादक भइ काम गरे भने निरन्तर साहित्यिक कृतिहरु अनुवादमा पनि सक्रिय रहेको बताउछन । परशु प्रधानको पुस्तक ‘The Little Buddha in Tokyo’ को समेत अनुवाद र सम्पादन गरेका छन् । यसैगरि घनश्याम राजकर्णिकारको My Travels East and West को अनुवाद र सम्पादन पनि गरेका थिए। नेपाली साहित्यक रचनाहरूलाई अंग्रजीमा अनुवाद गरी प्रकाशन गर्ने मासिक जर्नल Nepal Letters मा सम्पादक भइ काम गरेका थिए । जागिरको क्रममा काठमाडौबाट इटहरी पुगेपछि कोसेढुंगा नामक नेपाली साहित्यिक जर्नल र पेन हिमालय नामक अनलाइन अंग्रेजी जर्नलको सम्पादनमा संलग्न रहेको बताउछन भने त्यसै समयमा विराटनगरको साहित्यिक संस्था वाणी प्रकाशनको सदस्य भइ सक्रिय रहेको हिजै जस्तो लागेको स्मरण गर्दछन । त्यसै बेला कबि दाहालको कविता संकलन सीमातीत सीमान्त प्रकाशित भइ पुरस्कृत पनि भएका थिए। अध्ययनको सिलसिलामा करिब एक दशक अघि बेलायत आएका दाहालले बिद्ध्याबारिधि गरेका छन् भने कविता लेखनमा इटालीमा पाएको अन्तर्राष्ट्रिय पुरस्कार र एबर्डीन पोएट्री ग्रुपसँगको संलग्नतालाई आफ्नो मुख्य उपलब्धि ठान्दछन ।  

images
प्रकाशित मिति :जेठ १४, २०७६ मंगलवार - १७:५७:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend