Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

मुक्तककार बी.कुलुङ "यश रंगबुले"का ५ चोटिला मुक्तकहरू

मुक्तककार बी.कुलुङ "यश रंगबुले"का ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२२, जेठ २०७६
images
मुक्तक -१ घुँक्क:घुकाइ रोइ दिनू मनको विष धोइ दिनू रुनु लाउने यैं'नै हो भन्दै मेरै तस्बिर छोइ दिनू । मुक्तक -२ उस्तै धुन उस्तै संगीत बल्झिन्छ भोगाइमा गाएको गीत बल्झिन्छ देखेर गरीब लाला-बालाहरुलाई कसम हजुर मेरो अतीत बल्झिन्छ । मुक्तक -३ अाज होइन हजुर म त त्यो भोलीको खोजीमा छु मनको साहित्यिक चाह भर्ने झोलीको खोजीमा छु नाम,दाम,वरिष्ठतम् यस्ता बेकार कुराहरु पन्छाएर आफ्नै भाषालाई माया गर्ने यौटा टोलीको खोजीमा छु । मुक्तक -४ मान्छेको गहन अर्थ न भित्र न खोलामा हुँदो रै'छ अाँसुको तुलना न त पानी न नै झोलामा हुँदो रै'छ यो त पत्थर पुज्नको सिङ्गै समाज रहेछन् बुझे भाई यहाँ त मान्छेभन्दा त पशु पो अनमोलमा हुँदो रै'छ । मुक्तक -५ मनका अाशाहरु सारा निरासा भइदिन्छ किन मनमै दफन कतिपय अभिलाषा भइदिन्छ किन परिस्थितिले रचेको यो मन दुख्ने वृत्तचित्रमा गरिबको जिन्दगी मात्रै तमासा भइदिन्छ किन ? दार्जिलिङ पश्चिम बंगाल, भारत । (- बी.कुलुङ "यश रंगबुले" का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।कम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २२, २०७६ बुधवार - २२:१३:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend