Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

मुक्तककार सुचिता काफ्लेका ५ मुक्तकहरू

मुक्तककार सुचिता काफ्लेका ५ मुक्तकहरू

सतीश चापागाईं

३०, जेठ २०७६
images
  मुक्तक -१ मुखले बोल्नु पर्दैन भो मनले जानेपछि थाहै नदिइ आफन्तले लात हानेपछि गहिंरो गरी दुख्दो रैछ कलेजीको छेउमा र त हिँड्नै गाह्रो भयो दुईटै खुट्टा तानेपछि । मुक्तक -२ थाहै नपाई सारेछु बस्ती छन् दुष्ट जहाँनिर हान्दा रैछन् भित्र मुटुमा जबरजस्ती तीर कस्तो पासो पर्यो ए भगवान ! मर्नु न बाँच्नु जतिखेर पनि लागि राछ मनमा अनयासै पिर । मुक्तक -३ नखोज्नू कहिल्यै मलाई यहाँ बस्ती अन्तै सारीसकेँ एक्लै जिँउने अठोटमा बन्दोबस्त ठिक्क पारीसकेँ फूल सम्झि संगत गरेकी हुँ तर रहेछौ तिखो काँढा र त तिमीलाई हेर्ने नजर अब सदाका लागि मारीसकेँ । मुक्तक -४ सानी भए पुड्की भन्ने डर, अग्ली हुँदा भैं ठूली भन्छन् भित्र बाहिर सबै व्यवहार चलाऊँ त भैं घरमूली भन्छन् कस्तो भाग्य रहेछ मेरो, राम्रै काम गर्दा नि जसै नपाउने फोन गर्छु उठाउँदैन कसैले अनि मलाई उल्टै भूली भन्छन् । मुक्तक -५ आहा, दन्ते लहरमा हिस्सी परेका अति सुन्दर उनी त बारम्बार भन्छन् मिठो बोलीमा, तिम्रो लागी म छु नि त परिचय गर्दै जाँदा सोधें नाम ठाम, पहिला उनले मलाई भन्दिएँ मैले पनि मेरो घर बुटवल, नाम हो मेरो सुचिता । सुकेधारा, काठमाण्डौ । (- सुचिता काफ्लेका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ३०, २०७६ बिहिवार - १८:२३:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend